| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा भिरबाट खसेको ढुंगाले लागेर घाइते भएका गुरुङको उद्धार

गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ३ स्थित सल्लेरी नजिकैको भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते बनेका एक जनाको उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–७ लापुका ४८ वर्षीय गणेश गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
पैदल हिँड्ने क्रममा भिरबाट खसेको ढुंगाले लागेर गुरुङको शरीरको दाहिने भागमा चोट लागेको छ ।

घाइते गुरुङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र बजगाईंले बताए ।

घाइते गुरुङको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्