| आइतवार, कार्तिक २२, २०८३

गोरखामा सात हजार आठ सय ४४ जना महिलाको नाममा घर जग्गा

राष्ट्रिय जनगणना २०७८ का अनुसार गोरखामा सात हजार भन्दा बढि महिलाको नाममा घर र जग्गा रहेको छ । रााष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार गोरखामा महिलाको नाममा घर र जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको पाइएको हो ।
जनगणना २०७८ का अनुसार गोरखामा एक हजार एक सय ३५ जना महिलाको नाममा घर मात्र रहेको छ भने छ हजार २२ जना महिलाको नाममा जग्गा मात्र रहेको छ ।

घर र जग्गा दुवै भएको महिलाको संख्या सात हजार आठ सय ४४ जना रहेका छन् । त्यस्तै, घर जग्गा दुवै नभएको महिलाको संख्या पाँच हजार चार सय ७० जना रहेका छन भने दूई हजार दुई सय ५८ जनाको उल्लेख नभएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

नेपालको संविधानले पैतृक सम्पतिमा छोराछोरीको समान हक लाग्ने व्यवस्था गरेकोे तथा पछिल्लो समयमा मानिसहरु शिक्षित हुनु, राज्यबाट महिलाको नाममा घरजग्गा दर्ता गर्दा विशेष छुट दिने व्यवस्था हुनु लगायतका कारणले महिलाको नाममा घर जग्गा दर्ता गर्ने क्रम बढेको हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार गोरखामा ७१ हजार सात सय २९ घरपरिवार रहेका छन् । जसमा ६६ हजार तीन सय ८४ घरपरिवार आफनै घरमा बस्दै आएका छन् । चार हजार आठ सय २१ घरधुरी अर्काको घरमा बस्दै आएका छन् भने दुई सय २८ संस्थागत तर्फबाट र अन्य तर्फबाट दुई सय ९६ घरधुरी बसोबास गर्दै आएको छन् ।

प्रतिक्रिया दिनुहोस्