| मङ्लबार, कार्तिक २४, २०८३

बालमन्दिरमा भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय २० जना लाभान्वित

बालमन्दिरमा भएको निशुल्क स्वास्थ्य शिविरमा एक सय २० जना लाभान्वित
गोरखा नगरपालिका वडा नं ६ स्थित बालमन्दिर मावि छहरेमा भएको निशुल्क स्वास्थ्य शिविरबाट एक सय २० जना लाभान्वित भएका छन् ।

बद्री पोलिक्लिनिक प्रा.लि गोरखाको आयोजनामा सोमबार एक दिने निशुल्क स्वास्थ्य शिविर भएको हो ।

शिविरमा एक सय २० जनाको निशुल्क रुपमा स्वास्थ्य चाँज गरिएको र ५० जनाको भिडियो एक्स–रे गरिएको बद्री पोलिक्लिनिक प्रालिका संचालक सचिन श्रेष्ठले बताए ।

शिविरमा सुगर तथा प्रेसर जाँचसँगै निशुल्क औषधी वितरण गरिएको उनले बताए ।

उनका अनुसार विहान ११ बजेदेखि सुरु भएको शिविर बेलुका ४ बजेसम्म चलेको थियो । डा सुरज नेपालीले शिविरमा आएकाहरुको स्वास्थ्य चेकजाँच गरेका थिए ।

शिविरमा बजार क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयहरु तथा शिक्षक, विद्यार्थीहरुले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्