| आइतवार, कार्तिक २२, २०८३

मेला, महोत्सव गर्नुअघि संगीत रोयल्टी बुझाउनु पर्ने

अबदेखि मेला, महोत्सव आयोजना गर्नुअघि नै संगीत रोयल्टी तिर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै संगीत रोयल्टी बुझाउन अनिवार्य गरेको हो ।

‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार सार्वजनिक स्थलहरुमा हुने सांगीतिक कार्यक्रम, मेला, महोत्सव, नृत्य, नाटक आदि आयोजना गर्दा गृहमन्त्रालय वा माताहतको कार्यालयबाट अनुमति लिनुपूर्व अनिबार्य रुपमा संगीत रोयल्टी बुझाएको प्रमाणित प्रतिलिपिसहित अनुमति माग गर्नुहुन जानकारी गराइन्छ’, सो सूचनामा भनिएको छ ।

गीत, संगीत क्षेत्रको विकासका लागि सो मन्त्रालयले केही बर्ष पहिले नै यस बिषयमा निर्णय गरेको र गृहमन्त्रालयसंगको समन्वयमा कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए । मन्त्रालयले यस सम्बन्धी ऐन, नियम, निर्देशिका, कार्यविधि तयार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्