
स्ववियु निर्वाचन : द्रब्यशाहको सभापतिमा २ जना, अन्य पदमा एकल उम्मेदवारी
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनकालागि शनिवार मनोनयन दर्ता भएको छ । गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसमा सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ भने अन्य सबैपदमा एकल उम्मेदवारी परेको निर्वाचन अधिकृत कृष्ण पराजुलीले बताए ।
सभापतिमा सौनक घिमिरे र प्रमोदजंग कुँवरले उम्मेदवारी दिएका छन् । घिमिरे चार विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्वीयु, नेपाल समाजवादी विद्यार्थी युनियनको साझा उम्मेदवार हुन् भने कुँवरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
विद्यार्थी संगठन र सम्बद्ध दलहरुबिच द्रब्यशाहमा नेपाल विद्यार्थी संघलाई सभापति पद दिने सहमती भएको थियो । नेविसंघले सौनक घिमिरेलाई सभापति बनाउने निर्णय गरेको थियो । द्रब्यशाह बहुमुखी क्याम्पसको नेविसंघ ईकाई उप सभापति रहेका प्रमोदजंग कुँवरले राजिनामा दिँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । फागुन २९ गते सम्म उम्मेदवारी कायम रहे सभापति पदमा द्रब्यशाह बहुमुखी क्याम्पसमा निर्वाचन हुनेछ भने अन्य पदमा सर्वसम्मत हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै सचिवमा सचिन खनाल, कोषाध्यक्ष अबिन श्रेष्ठको उम्मेदवारी परेको छ । सदस्यहरुमा प्रत्यक्ष तर्फ नेविसंघको तर्फबाट राजेश श्रेष्ठले र अन्य संगठन तर्फबाट बिपना कोईराला, अनुप सिंम्खडा, प्रताप थापा मगर, नबिना गुरुङले उम्मेदवारी दिएका छन् ।
द्रब्यशाहमा सभापति, कोषाध्यक्ष सहित तीन सदस्य नेविसंघले लिने, उपसभापति, सचिव र तीन सदस्य अखिल क्रान्तिकारी, अनेरास्वीयूले सहसचिव सहित एक सदस्य लिने र नेपाल समाजवादी विद्यार्थी युनियनले तीन सदस्य लिने सहमती भएको थियो । चार विद्यार्थी संघ, संगठनले दुबै क्याम्पसमा सहमती अनुसार उम्मेदवारी दर्ता भएको बताएका छन् ।
सन्दिपबाबु खत्री, सुमिना ज्ञवाली, सन्तोष बस्नेत, नैईया गुरुङ, असिम श्रेष्ठ, नम्रता थापा मगर, पवन गुरुङ रहेका छन् ।




