
स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण कार्यक्रम सम्पन्न
स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा शुक्रबार मिडियाकर्मीहरुका लागि स्वास्थ्य सम्बन्धी जोखिम संचार अभिमुखीकरण तथा जनचेतना अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले देशभरको र गोरखा जिल्लाको समग्र स्वास्थ्य संस्थाहरुको तथ्यांकसहित सो कार्यालयबाट प्रवाह गरिरहेका सेवाका बारेमा जानकारी गराएका थिए । उनका अनुसार गोरखामा हालसम्म ४ वटा अस्पताल, ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६७ वटा स्वास्थ्य चौकी, ७ वटा शहरी स्वास्थ्य चौकी, १६ वटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । ५० वटा सामुदायिक स्वास्थ्य इकाइ, १८ वटा शिघ्र कुषोषण एकिकृत व्यवस्थापन केन्द्र, १८६ वटा गाउँघर क्लिनिक र दुईसय ४३ वटा खोप क्लिनिक रहेको उनले जानकारी दिए ।
आर्थिकवर्ष साउनदेखि पुससम्ममा कार्यालयको भौतिक प्रगति ४१ र वित्तिय प्रगति ३८ प्रतिशत रहेको उनले बताए । कार्यक्रम संचालनका लागि अख्यितारी ढिला आएकाले प्रगति कम देखिएको बताउदै असार मसान्त सम्ममा कार्यालय प्रगति ९० प्रतिशत पुग्ने लक्ष्य राखिएको उनले बताए । अभिमुखीकरण कार्यक्रममा उनले गोरखामा बाल स्वास्थ्य कार्यक्रममा दिगो विकास लक्ष्यहरुका बारेमा पनि जानकारी गराएका थिए । कार्यक्रममा उनले नवशिशुको उनले जिल्लामा चालु वर्षको साउन देखि हाल सम्म मातृमृत्यु १ जना र शिशु मृत्यु ६ जना रहेको बताए ।
त्यस्तै, व्यवहार परिवर्तन संचारले मानिसलाई स्वास्थ्य व्यवहार र स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने उनले बताए । व्यवहार परिवर्तन संचार कार्यक्रमको माध्यमबाट मानिसहरुले विभिन्न ज्ञान र सीप प्राप्त गर्ने, आफनो शरीरिक स्वास्थ्य राख्न आवश्यकता अनुरुप परिवार नियोजन, प्रजनन स्वास्थ्य, मातृशिशु स्वास्थ्यको सेवा लिन र सरुवा रोगहरुबाट बच्ने उपायहरु ऋापनाउन प्रेरित गर्ने उनले बताए । यसका साथै देशको अर्थतन्त्र सबल भएमा मात्र यहाँका जनताको स्वास्थ्य अवस्था हुने समेत उनको भनाइ छ ।
त्यस्तै, गोरखामा ५७ हजार मानिसलाई कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउने लक्ष्य रादिखएको तर खोप अभावले पुरा हुन नसकेको उनले बताए । हाल कार्यालयमा सात हजार बुस्टर डोज खोप प्राप्त भएको र उक्त खोप गोरखा नगरपालिका र अजिरकोट गाउँपालिकामा लगाइएको छ । यीबाहेक अन्य नौ स्थानीय तहमा खोप लगाउन बाँकी रहेको र यसका लागि करिब ५० हजार बुस्टर डोज खोपको आवश्यकता रहेको खड्काले जानकारी दिए ।
कार्यक्रममा उनले तीन तह सरकारको कार्यक्रमहरु जुध्ने गर्दा कार्यान्वनमा समस्या हुने गरेको, स्वास्थ्य सम्बन्धी अभिलेख तथा प्रतिवेदनमा समस्या, सबै जिम्मेवारी र जवाफदेहिता नुहना समस्या हुने गरेको बताए ।
कार्यालय निमित्त प्रमुख नजरङ ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय कर्मचारी र गोरखा क्रियाशील रहेको पत्रकारहरुको सहभागिता रहेका थिए ।




