
सुत्केरी बेथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार
दुई दिनदेखि सुत्केरी व्यथाले च्यापेकी २८ बर्षकी महिलाको सोमबार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
आइतबारदेखि सुत्केरी व्यथाले च्यापेकी तर बच्चा जन्माउन नसकेकी चुमनुब्री ३ घट्टेखोलाकी लक्ष्मी गुरुङको उद्धार गरिएको उद्धारमा खटिएका वाङचुक राप्तेन लामाले जानकारी दिए ।
गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रेम गुरुङको सक्रियतामा नेपाली सेनाको हेलिकोप्टरमार्फत महिलाको उद्धार गरिएको लामाले बताए ।
उनलाई थापाथलीस्थित प्रशुतीगृहमा पु¥याइएको लामाले बताए । सल्यक्रियामार्फत महिलाले छोरी जन्माएको लामाले जानकारी दिए । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धारको काम गरिएको लामाले बताए ।




