| मङ्लबार, कार्तिक २४, २०८३

खानेपानी महासंघ गोरखाका अध्यक्षमा पुनः श्रेष्ठ

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा गोरखाका अध्यक्षमा फेरि पनि देवीप्रसाद श्रेष्ठ चयन भएका छन् । गोरखा सदरमुकाममा शनिबार सम्पन्न महासंघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्ष कल्पना नेपाली, सचिव पुरुषोत्तम ढकाल, सहसचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा केशरसिंह बस्नेत चयन भएका छन् ।

४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नारायण आचार्यको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरिएको छ ।

कार्यक्रममा समितिका निवर्तमान उपाध्यक्ष तारा बस्नेत स्वागत मन्तव्य राखेका थिए भने समितिका कोषाध्यक्ष सुजन कुँवरले आर्थिक प्रतिवेदन र सचिव पुरुषोत्तम ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखामा ७४ वटा खानेपानी तथा सरसफाइ समिति आवद्ध छन् ।
महासंघ गोरखाका अध्यक्ष देवीप्रसाद श्रेष्ठको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापामगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खानेपानी महासंघका केन्द्रीय सदस्य शिव केसी, खानेपानी महासंघ सिरानचोक गाउँपालिका अध्यक्ष दिपक भट्ट, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका तुलसिंह गुरुङ लगायतको उपस्थिति कार्यक्रम सम्पन्न भएको हो । संस्थाका सचिव पुरुषोत्तम ढकालले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्