
पालुङटारका दुर्गा श्रेष्ठले मेयरका स्वकीय सचिव कुटे
गोरखाको पालुङटार नगरपालिकाका मेयरका स्वकीय सचिव अशोक मरहट्टामाथि हातपात भएको छ । पालुङटार नगरपालिका २ का दुर्गालाल श्रेष्ठले नगरपालिका कार्यालयमै कुटपिट गरेको नगरप्रमुख बिबश चिन्तनले बताए ।
मेयरका स्वकीय सचिव मरहट्टाले आफु उपचारकालागि आँपपिपल अस्पताल पुगेको बताउँदै भने ‘एउटा कुरा गर्नुछ भन्दै पालुङटार नगरपालिका कार्यालयको भ¥याङबाट एक्लै राखेर कुटपिट गरियो ।’
पालुङटार नगरपालिकामा शनिवारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु थियो । उक्त कार्यक्रममा सहभागी हुन गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल सहितका नेताहरु पालुङटार आएका थिए । सोही क्रममा पालुङटार नगरपालिकामा छलफल कार्यक्रम राखिएको थियो । छलफलमा दुर्गालाल श्रेष्ठपनि सहभागी थिए । श्रेष्ठले मरहट्टालाई छलफल गर्नुछ भन्दै एक्लै बोलाए । उनले वडामा चुनावको हिसाब किताब मिलाउन बाँकी रहेछ तिर्नुपर्दैन भनेर कुटपिट गरेको स्वकीय सचिव मरहट्टाले बताए । ‘मैले केही भनेको थिईन, कहाँ के बाँकी छ थाहा भएन भनेँ, एक्कासी ममाथि कार्यालयमै कुटपिट भयो’ मरहट्टाले भने ।
उनले आफुले इलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा उजुरी दिईसकेको र कुटपिटमा संलग्नलाई कारवाहीको माग गरेको बताए । यसबारे आरोप लागेका श्रेष्ठलाई सम्पर्कगर्न खोज्दा फोन उठेन ।
कुटपिट आरोप लागेका श्रेष्ठ पालुङटार २ मा गत निर्वाचनमा चुनावी कमाण्डर थिए । गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले कुटपिटको विषयमा जानकारी आएको र घटनाबारे सोधपुछ भईरहेको बताए ।




