| मङ्लबार, कार्तिक २४, २०८३

गण्डकी गाउँपालिकामा जेष्ठ नागरिक लक्षित आयुर्वेद शिविर

दर्वुङ फुजेल आयुर्वेद औषधालयले जेष्ठ नागरिकलाई सहज सेवा दिन निशुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । गाउँपालिका मातहतको आयुर्वेद शाखाले बुधवार वडा नम्बर ३ को आमडाँडामा उक्त शिविर संचालन गरेको हो ।

शिविरमा ३३ जना जेष्ठ नागरिकले सेवा लिएको आयुर्वेद औषधालयका वैद्य निरीक्षक महेन्द्र पन्तले बताए । ‘हाम्रो कार्यालय वडा नम्बर ४ मा पर्छ, सबै वडामा शाखा छैन, जेष्ठ नागरिकलाई सहजै सेवा दिन वडा नम्बर ३ मा शिविर गरेका हौँ’ उनले भने ‘हरेक महिनाको ४ गते र २० गते शिविर संचालन गर्छौँ ।’ वडाको फरक फरक ठाउँमा शिविर गर्ने उनले बताए ।

शिविरमा आएकाहरुलाई निशुल्क जाँच र औषधीपनि बितरण गरिनेछ । बुधवार स्वास्थ्य जाँच गरेका मध्ये अधिकासंमा जोनी दुख्ने, ग्यास्टीक, खोकीको समस्या देखिएको वैद्य निरीक्षक पन्तले बताए ।

गण्डकी गाउँपालिकाको घ्याल्चोकमापनि आयुर्वेद औषधालय रहेको छ । दुईवटा औषधालयले गाउँपालिका भरी सेवा दिँदै आएको छ । शिविर संचालनगर्दा औषधालय सम्म आउन नसकेकाहरुलाई फाईदा पुगेको वैद्य निरीक्षक पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्