
पूर्व सभापति लामिछानेको निधन, कांग्रेस गोरखाको समवेदना
नेपाली कांग्रेस गोरखाले पूर्व सभापति बुद्धिप्रसाद लामिछानेको निधनप्रति समवेदना प्रकट गरेको छ ।
कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले एक बिज्ञप्ती जारी गर्दै ६३ वर्षको उमेरमा अमेरिकाको क्लोराडो अस्पतालमा उपचारको क्रममा शुक्रवार पूर्व सभापति लामिछानेको निधन भएको उल्लेख गरेका छन् ।
‘उहाँको निधनले नेपाली कांग्रेस गोरखालाई अपुरणीय क्षती पुगेको छ’ समवेदनामा भनिएको छ ‘दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ श्रद्धान्जली अर्पण गर्दछौँ ।’





