
भुलबस मिति गलत भएको हो, उत्पादन अस्वस्थकर छैन : ग्रेस बेकरी उद्योग
गोरखा सदरमुकामको हरमटारी संचालित ग्रेस बेकरी उद्योगले पाउरोटीमा भुलबस उत्पादन भन्दापछिको मिति उल्लेख भएको जनाएको छ ।
प्रोपाईटर रेमन रञ्जन श्रेष्ठले बिहिवार प्रेस बिज्ञप्ती जारी गर्दै उद्योगको बेकरीजन्य उत्पादनमा २०२३ जनवरी हुनुपर्नेमा २०२३ जुन हुन भएको बताएका छन् । अंग्रेजी अक्षर ए को ठाउँमा यू प्रिन्ट भुलबस भएको बताउँदै उनले क्षमा मागेका छन् ।
उपभोक्ताको स्वास्थ्यप्रति उद्योग सचेत रहेको बताउँदै उनले सबै बेकरीजन्य उत्पादन खाद्य प्रयोगशालामा नमुना परीक्षण र अनुज्ञा पत्र लिएर मात्र उत्पादन गरेको बताएका छन् ।
पाउरोटीमा रहेको लेवलिङमा कुनै शंका नगर्न उद्योगले ग्राहकमा आग्रह गरेको छ । साथै निरन्तर उद्योगले स्वस्थकर उत्पादन बजारमा ल्याउने जनाएको छ ।
उद्योगले जारी गरेको प्रेस बिज्ञप्ती ।





