
तनहुँको आँबुखैरेनीमा नबिल बैंकको शाखा संचालन
तनहुँको आँबुखैरेनीमा नबिल बैंकले आफ्नो सेवा सुरु गरेको छ । बैंकले आफ्नो दुई सय ३६ औ शाखा तनहूँको आँबुखैरेनी बजारमा सोमवारदेखि सञ्चालनमा ल्याएको बैंकका व्यास क्लस्टर प्रमुख हरि ढकालले बताए ।
यस शाखाको सञ्चालनबाट तनहूँको आँबुखैरेनी, सत्रसय, यम्पा, बरादी, डुम्रेबजार, गोरखाको च्याङली, देउराली, दसकिलो, मनकामना आसपासको क्षेत्र लगायत चितवनको मुग्लिनदेखि कुरिनटारसम्मका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न सहज हुने उनले बताए ।
यो शाखा विस्तारसँगै स्थानीय बासिन्दा, कृषक, व्यवसायी, निर्माण व्यवसायी, विद्यार्थी लगायत सम्पूर्ण ग्राहकहरुले बैंकमा खाता खोल्ने, निक्षेप जम्मा गर्ने, ऋण कर्जा तथा बैंक ग्यारेण्टी सुविधा र विप्रेषण भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा ग्राहकले पाउनेछन् ।

विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्ण रुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने क्लस्टर प्रमुख ढकालले दावी गरे । बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ति देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको उनले बताए ।
उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता आँबुखैरेनी शाखा संचालनका क्रममा पनि बैंकले गरेको छ ।
बैंकले आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धति खाता’ ल्याएको जनाएको छ । जस अन्तर्गत ग्राहकले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समयपश्चात् दोब्बर देखि दश गुणासम्म प्राप्त गर्न सक्ने ब्यास क्लवस्टर प्रमुख हरि ढकालले बताए ।
बैंकले नबिल किसान कर्जा, विनाधितो ऋण प्रवाह गर्ने व्यक्तिगत तथा क्युआर मर्चेन्टलाई फोनलोनको सुविधा दिँदै आएको छ । यस बाहेक बैंकले नेपालमा पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याएको छ । बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकको उपयोगमार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् ।




