| आइतवार, कार्तिक २२, २०८३

मनकामना केबुलकारले रिसोर्ट सञ्चालन गर्ने

मनकामना केबुलकार प्रालिले मनकामनामा ४० कोठाको सुविधासम्पन्न रिसोर्ट निर्माण गर्ने भएको छ । मनकामना केबलकार सञ्चालनमा आएको २५औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ४८ करोड लागतमा रिसोर्ट निर्माण गर्ने घोषणा गरेको हो ।

२०५५ सालदेखि सञ्चालनमा आएको केबुलकारमा हालसम्म करिब एक करोड ७० लाख यात्रुले सेवा प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको सहिदलखन गाउँपालिकालाई कुल आम्दानीको एक(एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वअनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठमन्दिर जीर्णोद्वारलगायत विकास निर्माणका कार्य आदिमा खर्चिँदै आएको पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्