| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा निशुल्क मुटु रोग शिविर हुँदै

रोटरी क्लव अफ गोरखाको आयोजनामा गोरखामा निशुल्क मुटु रोगसम्बन्धी शिविर हुने भएको छ । हरेकवर्ष जस्तै यस वर्ष पनि मुटुको निशुल्क स्वास्थ्य शिविर गर्न लागिएको रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले बताए ।

मंसीर २३ र २४ गते विषेशज्ञ डाक्टरको उपस्थितिमा गोरखा अस्पतालको सहयोगमा शिविर हुने क्लवले जनाएको छ । सेभ द हर्ट, मनमोहन कार्डियोभास्कुलर तथा टूान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शिविर हुने लागेको हो । शिविरमा बरिष्ठ मुटु रोग विषेशज्ञ डाक्टर अनिल भट्टराई सहितको टोलीले सेवा दिनेछन् ।

मुटुको जाँच, मुटु सम्बन्धी बिरामीको समस्या, औषधी सेवन गरेका वा जन्मजात समस्या भएका, शल्यक्रिया गराएका, हृदयघात भई बिरामी भएका र परिवारका सदस्यहरु सबैले सेवा लिन सक्ने क्लवका अध्यक्ष ढकालले बताए । शिविरमा इकोकार्डियोग्राफी र ईसिजि लगायत अन्य उपचार सेवा पनि निशुल्क गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्