| सोमवार, कार्तिक २३, २०८३

गम्भिर घाईते एक युवालाई कांग्रेस नेता राजेन्द्र बजगाईको सहयोगमा हेलिकप्टरबाट उद्धार

कुटपिटबाट गम्भीर घाइते चुमनुब्री गाउँपालिका वडा नं ३ सिर्दिबासका २३ वर्षीय रसबहादुर गुरुङलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
आइतबार राती धनबहादुर गुरुङले कुटपिट गर्दा गुरुङ गम्भीर घाइते बनेका थिए । उनको अवस्था गम्भिर भएपछि गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्र बजगाईले थप उपचारकालागि काठमाण्डौ लैजान हेलिकप्टरको व्यवस्था गरिदिएको स्थानीय वीरबल घलेले बताए ।

खुँडा प्रहारबाट गुरुङको शरीरको पछाडि विभिन्न भागमा चोट लागेको र अगाडिबाट हातले छेक्न लाग्दा हातमा पनि चोट लागेको उनले बताए ।

घाईते गुरुङलाई कैलास हेलिकप्टरबाट सोमबार दिउसो काठमाण्डौँ लगिएका छ । आर्थिक अवस्था कमजोर रहेको, स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएकाले घाइते गुरुङको थप उपचारका लागि प्रतिनिधिसभाका उम्मेदवार बजगाईले हेलिकप्टर व्यवस्था गरिदिएको घलेले जानकारी दिए ।

आक्रमण गर्ने धनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ । व्यक्तिगत रिसीवीका कारण कुटपिट गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्