
मेरो निर्वाचन क्षेत्रका जनताले सडक राम्रो होस् भन्ने चाहेका रहेछन् : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले अहिलेको निर्वाचन आफ्नो लागि सबैभन्दा सहज भएको बताएका छन् ।
आईतवार गोरखाको अजिरकोट गाउँपालिका स्थित भच्चेकमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘गोरखा आउन पाएकोमा खुसी भएको छु, अहिले सम्मको निर्वाचन मध्ये मेरो लागि सबैभन्दा सहज ! एक ढंगले भन्नुहुन्छ भने यहाँ आउँदा रिल्याक्स जस्ता फिल गरेको छु ।’
उनले अहिले जस्तो निर्वाचन पहिलो पटक हुन लागेको र आफु गोरखामा एउटा निश्चित सपना बोकेर आएको बताए । ‘आउने पाँच देखि १० वर्ष भित्र नेपालमा समृद्धीको नयाँ अभियान अगाडी बढाएर त्यसलाई सफल पार्न सकेनौँ भने राजनीतिक परिर्वतनको औचित्य पुष्टि गर्न गाहूो हुन्छ’ उनले भने ।
राजनीतिक परिर्वतन र क्रान्ती धेरै भएपनि जनताको जिबनमा परिर्वतन, शुसाशन र बिकासले गती लिएर जनतालाई परिर्वतनको औचित्य सिद्ध गर्ने कुरा भनेजस्तो गरी हुन नसकेको उनले बताए । शनिवार दिनभर आफ्नो निर्वाचन क्षेत्रमा मतदात भेटेका उनले यस अघि तयार भएको पूर्वाधार र बिकास निमाणलाई पूर्णता दिओस् भन्ने अपेक्षा सर्वसाधारण जनताले गरेको बताए । साथै उनले जनताले सडक सञ्जाल राम्रो होस् भन्ने चाहेको बताए ।
दाहालले शुक्रवार साँझ गोरखा १ को आरुघाटबाट मतदाता भेटघाट थालेका थिए । शनिवार बारपाक सुलिकोट, अजिरकोट हुँदै भच्चेक बास बसे भने आईतवार सिरानचोक र पालुङटारमा भेटघाट सकेर काठमाण्डौँ फर्किए । दुबै दिन दैनिक २० ठाउँ भन्दाबढिमा मतदाता भेटघाट गरेका थिए ।
शुक्रवार धादीङको सल्यान्टार हुँदै राती गोरखाको आरुघाट आईपुगेका उनले आरुघाट, आरुटारका स्थानीय सँग भेटघाट गरेका थिए । भेटघाटका क्रममा उनले आफु गोरखा जिल्लामा आएको र आरुघाट, आरुटारमा युवाअवस्थामा अध्यापन गराउन बस्दाको छुट्टै स्मरण र आत्मियता रहेको बताए ।
‘यो चुनावी कार्यक्रम भन्दा पनि भेटघाट हो, अहिले म धेरै बोल्दिन, आचारसंहिताको कुरा पनि छ’ उनले भने ‘म गोरखा आउनुमा गोरखा १ बाट गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईको पनि भुमिका छ ।’ गोरखा २ मा दाहाल उम्मेदवार छन् भने १ मा गठबन्धनबाटै नेपाली कांग्रेसका बजगाई उम्मेदवार छन् ।
दाहालले बूढीगण्डकी आयोजना निर्माण र पुर्नस्थापनामा जोड दिने, बेनिघाट लार्के सडक बिस्तार र संचालन गर्ने विषयमा पनि आफ्नो ध्यान केन्द्रित भएको बताएका थिए । गोरखाको पर्यटन र हिमाली क्षेत्रमा जडिवुटीको संभावनाका बारेमापनि आफुले ध्यान दिने उनले बताए । दाहाल शुक्रवार आरुघाट बसेका हुन् ।
उनले त्यहाँपनि आउँदा दिनमा सबैसँग सहकार्य र समानताको ब्यवाहार गर्दै बिकास र समृद्धीको यात्रामा अघि बढ्ने बताए । भेटघाट र परिचयका लागि मात्रै अहिले आएको र ठुला सभा, सम्मेलनपछि हुने त्यहाँ धेरै कुरा राख्ने दाहालले बताएका थिए ।
दाहाल सँगै गोरखा २ को कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि छन् ।
गोरखा २ ख का उम्मेदवार सुरेन्द्रराज पाण्डे, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गोरखा १ ख का उम्मेदवार नन्दप्रसाद न्यौपाने, गोरखा २ क का उम्मेदवार फडिन्द्र देवकोटा दाहालसँगै मतदाता भेटघाटमा थिए ।




