गोरखा अस्पतालका डाक्टर माथि हातपात गर्ने तीन जना पक्राउ
गोरखा अस्पतालका डाक्टरमा माथि हातपात गर्ने तीन जना पक्राउ परेका छन् ।
गोरखा नगरपालिका वडा नं ९ का २८ वर्षीय समिर कुवँर, सोहि ठाउँका १९ वर्षीय अनुप बस्नेत र गोनपा ३ का २६ वर्षीय प्रमोद जंग कुवँरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक सोमदास ढकालले बताए ।
उनीहरु गत कार्तिक ६ गते आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि हातपात गरेका थिए ।
सोहि घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट निर्णय गरी यथासीघ्र दोषीलाई पक्राउ गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।
सोहि निवेदनका आधारमा केही दिन देखी फरार रहेका उनीहरुलाई आज पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।




