| सोमवार, कार्तिक २३, २०८३

आलोपालो मनोनयन गर्ने गोरखाका राजनीतिक दलहरुको सहमती

गोरखाका राजनीतिक दलहरुले आईतवार आलोपालो मनोनयन दर्ता गर्ने भएका छन् ।

शनिवार बसेको सर्वदलिय सर्वपक्षिय बैठकमा जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले फरक फरक समयमा मनोनयन दर्ताकालागि जाने सहमती गरेका हुन् ।


मूख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माको संयोजकत्वमा बसेको बैठकले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए ।

निर्वाचन प्रचार प्रसारमा हुने ¥याली, सभा सम्मेलन आदि जस्ता राजनैतिक गतिविधिलाई सभ्य, मर्यादित र ब्यवस्थित ढंगबाट संचालन गर्ने गराउने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्