| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका एम्बुलेन्स संचालकले टेरेनन् ब्यवस्थान समितिको निर्णय

गोरखाका एम्बुलेन्स संचालकले जिल्ला एम्बुलेन्स संचालन ब्यवस्थापन समितिको निर्णय मानेका छैनन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले यहाँका सबै एम्बुलेन्सलाई दुई महिनाअघि ‘बिरामी ओसार पोसार गर्ने गाडी’ लेख्न निर्देशन दिएको थियो ।

पहिलो पटक दिएको निर्देशन अटेर गरेका संचालकलाई भदौ १ गते दोस्रो पटक निर्देशन दिईयो । तर अहिले सम्म कुनैपनि एम्बुलेन्सले ‘एम्बुलेन्स लेखेको हटाएर बिरामी ओसार पोसार गर्ने साधन’ लेखेका छैनन् ।

‘हामीले निर्णय पनि ग¥यौँ, पटक–पटक भन्यौँ तर एम्बुलेन्स संचालकहरुले टेरेनन’ स्वास्थ्य कार्यालय गोरखाका प्रमुख एवं एम्बुलेन्स संचालक ब्यवस्थापन समितिका सदस्य सचिव नरजंग ठकुरीले भने । गोरखामा अहिले चलेका एम्बुलेन्स सबै ‘ग’ बर्गका छन् ।

सरकारले ग बर्गका एम्बुलेन्सलाई ख मा स्तरोन्नती गर्ने र स्तरोन्नती नगर्नेलाई बिरामी ओसार पोसार गर्ने गाडीको रुपमा चलाउने निर्णय गरेसँगै गोरखामा पनि यो सुरु गर्न लागिएको हो । तर गोरखामा एउटा पनि क र ख बर्गका एम्बुलेन्स छैनन् ।

गोरखा नगरपालिकामा १८ मध्ये १४ वटा संचालनमा छ । एउटा जिल्ला बाहिर छ भने तीनवटा संचालनमा छैन । पालुङटार नगरपालिका भित्र ६ वटा मध्ये ५ वटा मात्रै संचालनमा छ ।

बारपाक सुलिकोटमा ५ मध्ये ३ र आरुघाटमा ५ मध्ये ४ वटा संचालनमा छ । आरुघाट गाउँपालिकामा ५ मध्ये ४ वटा संचालनमा छ । सिरानचोक गाउँपालिकामा ५ मध्ये २ वटा संचालनमा एउटा जिल्ला बाहिर र दुईवटा सेवामा छैन ।

शहीदलखन गाउँपालिकामा ५ मध्ये पाँचवटै संचालनमा छ । भिमसेन थापा गाउँपालिकामा ४ मध्ये तीनवटा मात्रै संचालनमा छ । धार्चेमा तीनवटा मध्ये तीनवटै संचालनमा छ । गण्डकी गाउँपालिकामा ३ वटा मध्ये दुईवटा मात्रै संचालनमा र एउटा जिल्ला बाहिर छ ।

अजिरकोट गाउँपालिकामा २ वटै संचालनमा छ । चुमनुब्री गाउँपालिका सडक सञ्जालले नजोडिएकाले त्यहाँ एम्बुलेन्स छैन । यी सबै एम्बुलेन्स ‘ग’ बर्गका छन् ।

जिल्लाभर भएको ६६ मध्ये ५४ वटा मात्रै संचालनमा छन् । तीनवटा एम्बुलेन्स जिल्ला बाहिर छ । एमबुलेन्स संचालन गर्ने संस्थाहरुले अधिकासं एम्बुलेन्स चालकलाई ठेक्कामा दिएका छन् । आम्दानी खर्च चालकले ब्यवस्थापन गरेर निश्चित रकम बुझाउने गरी अधिकासंले जिम्मा दिएका हुन् ।एम्बुलेन्स संख्या धेरै भएपनि गोरखाबाट अन्यत्र रिफर हुँदा बिरामीले सहज रुपमा सेवा नपाएको गुनासो गर्छन ।

हामीलाई समस्या छ : संयुक्त एम्बुलेन्स चालक संघ

संयुक्त एम्बुलेन्स चालक संघ गोरखाले भने एम्बुलेन्स लेखेको हटाएर बिरामी ओसार पोसार गर्ने गाडी लेख्दा समस्या हुने बताएको छ । संघका केन्द्रिय सदस्य एवं जिल्ला कोषाध्यक्ष कमल बसेलले भने ‘बिलबुमा एम्बुलेन्स मात्र छ, बिलबुकमा परिर्वतन गरेपछि मात्रै गाडीमा लेख्न सकिन्छ ।’

बिलबुक र गाडीमा फरक लेख्दा समस्या हुने उनले बताए । बिलबुकमा ‘ग’ बर्गको एम्बुलेन्स भनेर उल्लेख नहुँदा पनि समस्या भएको उनले बताए । अहिले बिलबुकमा एम्बुलेन्स सेवा मात्रै उल्लेख छ ।

गोरखामा भएका अधिकासं एम्बुलेन्स ख मा स्तरोन्ती गर्न नसकिले उनले बताए । ‘हामी बिच पनि छलफल भएको हो, तर साथीहरुले सहज हुँदैन भन्नुभएको छ, यसले झनै दुःख हुन्छ’ केन्द्रिय सदस्य बसेलले भने ।

गोरखामा भएका ग बर्गका एम्बुलेन्स सबै हटाउँदा बिरामीलाई समस्या हुने बताउँदै उनले भने ‘पहिले क र ख बर्गको एम्बुलेन्स धमाधम आउन थाल्यो भने ग लाई बिस्थापित गर्न सहज हुन्छ, तत्काल गोरखामा त्यो संभावना पनि छैन ।’

प्रतिक्रिया दिनुहोस्