| सोमवार, कार्तिक २३, २०८३

मनास्लु हिमपहिरोमा घाईते भएकाहरुको तीनवटा हेलिकप्टरले उद्धार गर्दै

मनास्लु हिमपहिरोमा परी घाईते भएकाहरुको आज बिहानैदेखि उद्धार सुरु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमवार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो ।


१२ जनाको टोली पहिरोमा परेको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । पहिरोमा परि एक जनाको ज्यान गएको र अन्य घाईते भएका छन् । ‘दुईजना घाईतेको सोमवार र अन्यको आज उद्धार हुँदैछ’ उनले भने ‘अहिले मौसम सफा भएकाले उद्धार भईरहेको छ ।’


मनास्लु हिमालको तेस्रो र चौँथो शिविरमा पहिरो जाँदा शेर्पाहरु घाईते भएका हुन् ।


कैलाश, सिम्रिक, हेलि एभरेष्ट कम्पनीका तीनवटा हेलिकप्टर मंगलवार बिहानैदेखि उद्धारमा छन् ।

सोमवार उद्धार गर्न आएका हेलिकप्टर मौसम प्रतिकुल हुँदा उद्धार गर्न नसकेर त्यहाँ नै बसेका थिए । मंगलवार बिहानदेखि हिउँमा रहेका घाइतेहरु ल्याउन काम भईरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्