| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका सडकमा जथाभावी ‘स्पीड ब्रेकर’, सवारी चालकलाई सास्ती (फोटो फिचर)

केशव गुरुङ :

गोरखाको सडकमा घरवालाहरुले अर्काको देखासिकी गर्दै गोरखाका सडकमा जहाँतहीँ स्पिड ब्रेकर राख्ने गरिएको छ । घरवालाले आफ्नो घर अगाडिको सडकमा सवारी चालकलाई सकस पर्ने गरी जहाँतहीँ जथाभावी स्पिड ब्रेकर राख्ने गरेका हुन् ।

नियम कानूनको ख्याल नगरी एउटै सडकमा करिब २०÷२५ मिटरको फरकमा ठाउँठाउँमा स्पिड ब्रेकर राखेर सास्ती दिएको सवारी चालकहरुको गुनासो छ । बनेका ती सबै स्पिड ब्रेकर मापदण्ड विपरीत छन् । मापदण्ड बिपरीत स्पिडब्रकेरका कारण कारण दैनिकजसो दुर्घटना हुने गरेको गुनासा आउन थालेका छन् ।

No description available.

गोरखा सदरमुकामको एपोलो हस्पिटल भन्दा तल पाटेचौर सडकमा र हरमटारीका भित्री सडक आसपासका तीन ठाउँमा स्पिड व्रेकर राखिएको छ । त्यस्तै, पुरानो बसपार्कदेखि पश्चिम काली मन्दिर जाने सडकखण्डमा दुई वटा ठूला ठूला सहित चार वटा स्पिड बे्रकर राखिएको छ । धारापानी देखि चिल्डे«न पार्क सम्म तीन ठाउँ र भीमसेन पार्क जाने सडक खण्डमा चार स्थानमा र उद्योग वाणिज्य संघ हुँदै महेन्द्रज्योति मावि जाने सडकमा तीन ठाउँमा स्पिड ब्रेकर राखिएको छ ।

No description available.

सदरमुकाम आसपासका भित्री सडकमा बनाएको स्पिड ब्रेकरका बारेमा नगरपालिकालाई जानकारी नभएको प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले बताए । धेरै जसो स्पिड ब्रेकर स्थानीयहरुले आफुखुसी बनाइएको उनले बताए । यस प्रकारका स्पिड ब्रेकर हटाउने या नहटाउने बारे अन्तर निकाय बीच छलफल हुनुपर्ने र त्यसपछि मात्र निर्णय हुन सक्ने अधिकृत ढकालले जानकारी दिए ।

No description available.

यसरी बाक्लो र अग्लो स्पीड बे्रकरका कारण बढी साना सवारीहरु दुर्घटनाको जोखिम बढाएको स्थानीयहरु बताउँछन् । दुई पांगे्र मोटरसाइकल, स्कुटीहरु स्पिड ब्रेकरमा पटक पटक ठोक्किने स्थानीय आशिष श्रेष्ठले बताए । सानो सडकमा ठूलठूला स्पिड बे्रकरले गर्दा साना सवारी साधन चलाउन समस्या हुने गरेको उनले जानकारी दिए । ‘बाइकमा एक जना चढेर ब्रेकर पार गर्दा लड्ला जस्तो हुन्छ, दुई जना चढ्दा त झनै जोखिम हुन्छ’, उनले भने ।

No description available.

रातिको समयमा कुद्ने सामान लोड भएका टिपर, टूकहरु स्पीड ब्रेकर देखेर अचानक गति कम गर्दा रोकिँदा ठूलो आवाज आउने गरेको र यस्ता ठाउँमा रातीको समयमा बढी सवारी दुर्घटना हुने सम्भावना रहेको उनले बताए ।
त्यस्तै, एम्बुलेन्स, दमकल लगायतका इमरेजेन्सी काममा कुद्ने सवारी साधनहरु स्पीड ब्रेकरमा दुर्घटना भई बिरामीको मृत्यु हुने सम्मका ठूला दुर्घटना हुने जोखिम हुन्छ । स्पीड ब्रेकरको अनावश्यक उचाइका कारण कारको तल्लो भागले स्पीड ब्रेकर छुने र स्टेरिङ नियन्त्रणबाहिर जाँदा अन्य सवारी, पैदल यात्री वा सडकका भित्ताहरुको ठोक्किने गर्छन् ।

No description available.

नियममा भन्दा ठूलो र अग्लो गरी बनाइएका स्पिड ब्रेकरले सवारी दुर्घटना बढाउने, सवारी साधन बिगार्ने जिल्ला टूाफिक प्रहरी प्रमुख बेदनाथ भण्डारीले बताए । ‘मुख्य राजमार्ग र भित्रि सडकहरुमा स्पीड बे्रकर राख्न पाइदैन । आफूखुशी र मनोमानी ढंगले राखिएको स्पीड बे्रकर सवारी दुर्घटना बढाउँछ’, उनले भने । सवारीको गतिलाई कम गर्न र दुर्घटना न्यूनीकरण गर्नका लागि प्रक्रिया पु¥याएर मापदण्ड अनुसारको स्पीड बे्रकर राख्न पाउने तर नियम र मापदण्ड विपरीत जहाँसुकै तोकिएको भन्दा ठूलो, अग्लो बनाउन नपाउने उनले बताए ।

No description available.

नियम बिपरीत बनाइएको संरचनाहरु हटाउन टूाफिक प्रहरीलाई अधिकार नभएको बताउँदै वडा कार्यालय तथा नगरपालिका कार्यालयले यस्ता संरचना हटाउनुपर्ने उनले बताए । देशका विभिन्न स्थानमा स्पिड बे्रकले सवारी दुर्घटना बढाउदै भन्दै धेरै स्थानमा स्पिड ब्रेकर भत्काइसकेको छ भने कति भत्काउने क्रम जारी छ ।

के हो ‘स्पीड ब्रेकर’ ?

सामान्य भाषामा ‘स्पीड ब्रेकर’ भनिने सडकका विभिन्न स्थानमा सवारी साधनको तीव्र गति कम गराउन निर्माण गरिएका ऊँटको ढाडमा हुने उठेको डल्लो जस्तो ब्रेकरलाई ‘स्पीड हम्प’ भनिन्छ । यसलाई नेपालको टूाफिकको भाषामा ‘उठेको बाटो’ भन्ने गरिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पार्किङस्थल, विद्यालय क्षेत्र, अस्पताल क्षेत्र, हाउजिङ क्षेत्रमा रबरको सामान्य ब्रेकर राखिने प्रचलन रहेको छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार स्पीड ब्रेकरको उचाई २.२ वा २.५ इन्च सम्मको राख्न पाइन्छ । तर, नेपालमा नजिकको घरधनी वा टोल सुधार समितिको आग्रहमा सडक विभागले जुनसुकै सडकमा पनि ब्रेकर निर्माण गरिदिएको पाइन्छ ।

नेपालका विभिन्न सडकमा ८ देखि ९ इन्च उचाई र २० फिट चौडाईसम्मको स्पीड ब्रेकर निर्माण गरिएका छन् । नेपालमा दुई प्रकारका स्पीड ब्रेकर निर्माण भएका छन् । एउटा सडक विभागले सडक पिच गर्ने समयमा निर्माण गरेको छ भने अर्को स्थानीयले ढलान गरेर निर्माण गरेका छन् । नयाँ र राम्रो पिच बाटोहरुमा जथाभावी निर्माण गरिएका स्पीड ब्रेकर मापदण्डविपरीत रहेका छन् । नेपालमा सामान्यतयाः सवारी साधनको तीव्र गति नियन्त्रण गरी दुर्घटना नहोस् भन्नका लागि विभिन्न टोलटोलमा र सार्वजनिक सडकहरुमा जथाभावी छ्याप्छ्याप्ती स्पीड ब्रेकरहरु राख्ने गरिएको छ, जुन नियम विपरीत हो ।

प्रतिक्रिया दिनुहोस्