| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा बजारमा अस्वस्थकर खाद्यसामान छ्याप्छ्यापी

केशव गुरुङ :

यसअघि झारा टार्न मात्र गरिएको बजार अनुगमनबाट सुरिएका व्यापारीहरुले बेच्दै आएका अस्वस्थकर सामान अहिलेको अनुगमन टोलीले धमाधम जफत गरी नष्ट गर्न सुरु गरेको छ ।
आँखामा छारो हाल्ने गरी भएका अनुगमनबाट बल पाएका व्यापारीहरुले पसलबाट खुल्लमखुल्ला बेच्दै आएका म्याद नाघेका तथा मिसावटयुक्त खाद्य सामग्री अनुगमन टोलीले नष्ट गर्न थालेको हो ।

यसअघि अनुगमन गर्ने तर बजारमा भेटिएका अखाद्य बस्तुमा कडाइ नगरेका कारण व्यापारीहरुले हेलचेक्र्याइँ गर्ने गरेका थिए । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँबाट आएको टोलि र जिल्ला प्रशासन कार्यालको प्रतिनिधिले सोमबार र मंगलबार गरेको अनुगमनमा म्याद गुज्रिएका तथा मिसावटयुक्त खाद्य बस्तु नष्ट गरेको छ ।

No description available.

अनुगमन टोलीले गोरखा सदरमुकाममा विभिन्न खाद्य सामग्री उत्पादनगृह, होेटल, रेष्टुरेण्ट, किराना पसलको अनुमगन गरेको छ । मंगलबार टोलीले नयाँबसपार्क, हरमटारी चोक, घयाम्पेसाल बसपार्क लगायतका क्षेत्रका होटल, किराना पसल र मिष्ठान्न पसलको अनुमगन गरेको थियो ।

No description available.
No description available.

सो क्रममा नयाँबसपार्क स्थित जनमुखी उपभोक्ता सहकारी संस्थामा ५४ प्याकेट म्याज गुज्रिएको पापड, बदाम, हर्लिक्स भेटिएको थियो । सबै गरेर करिब ११ हजार रुपैयाँ बराबरको म्याद सकिएको खाद्य सामान नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका खाद्य निरीक्षक सन्तोष थापामगरले बताए ।

No description available.

सदरमुकामस्थित मुना किराना स्टोरमा १२ सय रुपैयाँ बराबरको ढुसी लागेको बदामलाई नष्ट गरिएको छ भने अमृत मिष्ठान भण्डारमा २ लिटर भन्दा बढी अखाद्य तेल नष्ट गरिएको उनले बताए । ती पसलमा हालसालै पनि घरेलु कार्यालय, नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट पटक पटक अनुगमन भएको थियो । अनुगमन टोलीले सुधार गर्न निर्देशन दिएको थियो तर व्यापारीले निर्देशनलाई लत्याउँदै सर्वसाधारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका म्याद गुज्रिएका, सडे गलेका, मिसावटयुक्त अखाद्य बस्तु बेच्दै आएका छन् ।

No description available.

टोलीले मंगरबार नयाँबसपार्क क्षेत्र, हरमटारी चोक र घ्याम्पेसाल चोकका एक उद्योग, चार किराना पसल, चार वटा होटल गरी नौ वटा पसलमा अनुगमन गरेको थियो । सो क्रममा अधिकांश होटलका भान्सा र भाँडा माझ्ने ठाँउ एकै ठाउँमा भएकाले छुटाछुट्टै ठाउँमा बनाउन निर्देशन दिएको छ ।

No description available.

त्यस्तै, किराना पसलहरु सामान खरिद गर्दा खाद्य सामान म्याद हेरेर मात्र किनबेच गर्नका साथै सबै पसल होटलमा मूल्य सूचि सबै ग्राहकले देख्ने गरी राख्न निर्देशन दिए । साथै म्याद गुज्रिएका सामग्री अलग्गै भण्डारण गर्नुपर्नेमा त्यसो नगरी सामान बेच्ने ठाउँमै राखेको पनि पाइएको अनुगमन टोलीले जनाएको छ ।

No description available.

पहिलो पटक सबैलाई सम्झाई बुझाई गरिएको र दोस्रो पटकको अनुगमनमा सिधै जरिवाना सहित कारवाही गरिने समेत खाद्य निरीक्षक मगरले बताए । टोलीले मंगलबार पनि बजार क्षेत्रमा भेटिएका अखाद्य तेल र पेय पदार्थको नष्ट गरेको थियो ।

No description available.
प्रतिक्रिया दिनुहोस्