| मङ्लबार, कार्तिक २४, २०८३

अलपत्र दुई सिँचाई योजनाका लागि बजेट विनियोजन गर्छु : मन्त्री आचार्य

गोरखाको जरेबरमा अलपत्र रहेका दुई सिँचाइ योजनाका लागि आवश्यक बजेट बिनियोजन गर्ने उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले प्रतिवद्धता व्यक्त गरेका छन् । रामशरण बस्नेत भौतिक पूर्वाधार विकास मन्त्री हुँदा पारेका दुईवटा सिँचाइ योजनामा चालु बर्ष बजेट बिनियोजन नगरेका मन्त्री आचार्यले अवका दिनमा बजेट बिनियोजन गर्ने बताएका हुन् ।

दरौँदी किनारको सो फाँटमा रहेको भूमिगत डिप ट्यूवेल सिंचाई प्रणाली योजना र लिफ्ट सिंचाई योजना बजेट अभावका कारण संचालनमा आउन सकेको छैन । सो सिँचाइ योजनाको अनुगमन निरीक्षण गर्न उनी मंगलबार जरेबर पुगेका थिए ।

No description available.

जरेबर फाँटमा निर्माण भएको भूमिगत डिप ट्यूवेल सिंचाई प्रणाली योजनाको धेरै काम सम्पन्न भइसकेको र केही काम मात्र बाँकी रहेको गण्डकी प्रदेश अन्तरगतको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख नारायणकृष्ण गणेशले बताए ।
दरौँदी किनारमा रहेको सो खेतमा गत आर्थिक वर्ष टयाङ्की निर्माण, ट्रान्सफर्मर जडान, बोरिङ निर्माणको काम सम्पन्न भइसकेको छ । सो सिँचाई योजना निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ मा ५८ लाख ५१ हजार खर्च भइसकेको उनले बताए ।
चालु वर्ष बजेट विनियोजन नहुँदा काम सम्पन्न हुन नसकेको हो ।

No description available.

उनका अनुसार अव किसानको खेत खेतमा पानी पु¥याउने गरी पाइप वितरण प्रणाली निर्माणको काम बाँकी रहेको छ । यसका लागि करिब २० लाख रुपैयाँ आवश्यक पर्ने र ती योजनाका लागि अर्थमन्त्रालयलाई पत्र पठाइसकिएको छ ।

No description available.

दरौँदी किनारमा रहेको सो खेतमा भूमिगत सिँचाइ योजना र लिफ्ट सिँचाइ योजना सम्पन्न भएमा करिब १० हेक्टर क्षेत्रफलमा सिचाई सुविधा पु¥याउन सकिने उनले जानकारी दिए । दरौँदी किनारमा ९६ हजार लिटरको पानी टयाङ्की निर्माण गरिएको छ भने उक्त सिचाई प्रणालीबाट प्रतिसेकेण्ड पाँच लिटर पानी वितरण गर्न सकिनेछ । सो पानी हाल नजिकैको माछापोखरी लगायतका स्थानमा प्रयोग हुदै आएको स्थानीयहरुले बताए ।

त्यस्तै, जरेबरको दरौँदी किनारमा पर्ने फाँटको केही माथि लिफ्ट सिंचाई योजना पनि बजेट अभावका कारण अलपत्र परेको छ । इनारबाट पानी तानेर लिफ्ट सिंचाई गर्ने गरी उक्त योजना निर्माण भएको थियो । पानी लिफ्ट गर्न दरौँदी नदीको छेउमा इनार खनिएको छ । इनारबाट पानी ट्याङ्की जम्मा गर्ने र ट्याङ्कीबाट पाइपलाईन बिछ्याएर ३७ वटा ट्याप स्ट्याण्डमार्फत खेतखेतमा सिंचाई गर्ने योजना थियो ।

No description available.

२०७७ कात्तिक ५ गते योजना सम्पन्न भए पनि हालसम्म स्थानीयहरुले उपभोग गर्न पाएका छैनन् । सिँचाई योजना निर्माण कार्यमा ६० लाख खर्च भइसकेको छ । तर दरौँदी खोलाको किनारमा रहेको सो सिँचाई आयोजनाका लागि विछ्याइएको पाइपलाइन पनि मध्यपहाडी सडकको काम गर्दा र किसान आफैँले पनि उप्काइदिएका छन् ।

No description available.

यस अघि त्यहाँ सिंचाईकालागि ट्रान्सफर्मर राखिएको भने मोटर घर पनि निर्माण गरिएको छ । तर मोटर घर जहाँ निर्माण भएको छ त्यहाँका जग्गाधनीले समन्वय नगरी आफ्नो जग्गामा घर निर्माण गरेको भन्दै ताला लगाईदिएका छन् । यहाँ नयाँ संरचना निर्माण गर्न करिब १२ लाख भन्दा बढी लाग्ने प्राविधिकहरु बताउँछन् ।
दुवै योजनाका लागि चालु वर्ष बजेट विनियोजन भएको छैन । यस वर्ष कार्यालयले प्रस्ताब गरेर बजेट पठाउने मन्त्री आचार्य बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्