| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाकी पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बास्डर

चौधरी समूहले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बास्डर नियुक्त गरेको हो ।

आइतबार आयोजित समारोहबीच चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेका हुन् ।
यसअघि सगरमाथासहित नेपालको ८००० मिटरभन्दा माथि उचाईका ७ ओटा हिमालहरु चढिसकेकी श्रेष्ठ बिनाअक्सिजन मनास्लु हिमालको आरोहण गर्दैछिन् । उक्त कार्यका लागि श्रेष्ठ सोमबार नै गन्तब्य स्थलतिर लागिसकेकि छन् ।

उक्त कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा पनि फहराउने छिन् ।

चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा निकै उत्साही भएको श्रेष्ठले बताइन् । गोर्खाको आरुघाट– ३ मा जन्मिएकी श्रेष्ठ नेपालको हिमाल पर्वतारोहणमा परिचित नाम हो । उनी पेसाले फोटो पत्रकार हुन् ।

प्रतिक्रिया दिनुहोस्