
मनकामना केवलकार भदौ २५ गतेबाट सुचारु हुने
नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जोड्ने केवलका भदौ २५ गतेदेखि सुचारु हुने भएको छ । मनकामना दर्शन प्रालीले एक सूचना जारी गर्दै भदौ २५ गतेबाट केवलकार पुनः सूचारु हुने जनाएको हो ।
यसअघि केवलकारको मर्मत नसकिँदा सम्मका लागि भन्दै साउन २३ गतेदेखि सेवा बन्द भएकोे थियो । मर्मतको काम एक हप्ता अगाडि नै सकिएकाले केवलकार सेवा संचालन गर्न लागेको मनकामना दर्शन प्रालीले जनाएको छ ।
कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको काम अघि बढाइरहेको छ । यस चरणमा स्टेशनका सम्पूर्ण नयाँ पार्टपुर्जा फेरिएको कम्पनीले जानकारी दिएको छ ।
केबलकारको महत्वपूर्ण पार्ट्स गोंडोलाको सबै ग्रिपहरू फÞेरिएको छ भने गियर बक्सको चेक तथा अलायन्मेंट मिलाउने कार्य गरिएको छ । यसैगरी ४ टावरहरूको पार्ट्स फेर्ने कार्य, हायड्रोलिक्स सिस्टमको चेक जाँच तथा पार्ट्स फेर्ने कार्य अलावा सम्पूर्ण टावरको निरीक्षण गरी पूर्ण रूपमा टेस्टिंग र कमिशनिंग गर्ने काम पनि गरिएको कम्पनीले जनाएको छ ।





