
राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाद्वारा उम्मेदवार सिफारिस
आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिबार सम्पन्न पार्टीको जिल्लास्तरीय वैठकले उम्मेदवारको टुङगो लगएको हो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर एक र दुईबाट गरी सात जनाको नाम सिफारिस गरिएको पार्टीको जिल्ला प्रवक्ता ठाकुरप्रसाद लामिछानेले बताए । उनका अनुसार संघीय क्षेत्र १ मा प्रत्यक्षतर्फ मोहनकुमार श्रेष्ठ, उदय भट्ट, अम्बिका रुपाखेती र प्रेमकुमार श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभाका लागि क्षेत्र नं. १ को ‘क’ तर्पmबाट सुदीप ढकाल, पानमाया सिंखडा, नेत्रबहादुर थापा मगर र प्रदेश १ को ख तर्पmबाट सोमनाथ अधिकारी, कल्पना राना र उदय भट्टराईको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
यस्तै, संघीय क्षेत्र नं २ मा प्रत्यक्ष तर्फबाट रामराज कोइराला, मनमाया गुरुङ र भिमबहादुर गुरुङको नाम सिफारिस गरिएको छ । संघीय प्रदेश २ को ‘क’ तर्पm राजेन्द्रप्रताप शाह, सुशील पन्त, सावित्रा ढकाल र प्रदेश २ को ‘ख’ तर्पm फणिन्द्र अधिकारी, जयप्रकाश बगाले, सिता पोखरलेको नाम सिफारिस गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए ।
सोही वैठकले समानुपातिकतर्फबाट संघीय प्रदेश १ को ‘क’ बाट सम्झना लामिछाने, नारायणबाबु श्रेष्ठ, चेतबहादुर बोगटी र प्रदेश १ को ‘ख’ बाट यदु भट्ट, ढंगबहादुर रोकाय, चन्चला खड्काको नाम सिफारिस गरिएको छ ।
यस्तै, समानुपातिकतर्फ संघीय प्रदेश २ को ‘क’ बाट रुद्रराज पाण्डे, दुर्गाभक्त कुमाल, कृष्णबहादुर गुरुङ र प्रदेश २ को ‘ख’ ठाकुरप्रसाद ढकाल, कुमारी गुरुङ, अविनाश कोइरालाको नाम सिफारिस गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले जनाएको छ ।




