| सोमवार, कार्तिक २३, २०८३

माओवादी केन्द्रबाट गोरखा १ मा तीन र २ मा चार जनाको नाम सिफारिस

नेकपा माओवादी केन्द्र गोरखाले आसन्न निर्वाचनकालागि संघ र प्रदेशमा उम्मेदवार बन्न चाहेकाहरुको नाम सिफारिस गरेको छ । जस अन्तरगत गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तीन जना र २ बाट चार जनाको नाम सिफारिस भएको हो ।


क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्ताब गर्दै नाम सिफारिस गरिएको छ । यस्तै केन्द्रीय सदस्य हरिराज अधिकारी, सुशिला सिंखडाको नाम पनि माओवादी केन्द्र गोरखाले सिफारिस गरेको जनाएको छ ।


क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, केन्द्रीय सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चुडामणी खड्का र लेखनाथ न्यौपानेको नाम सिफारिस भएको छ ।


क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा केन्द्रिय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ, परशुराम रम्तेलको नाम सिफारिस भएको छ भने १ ‘ख’ मा केन्द्रीय सदस्य कृष्ण धिताल, गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धु्रब भट्टको नाम सिफारिस भएको माओवादी केन्द्र गोरखाले जनाएको छ ।


क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र ‘क’ मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमु र प्रदेश क्षेत्र ‘ख’ मा केन्द्रीय सदस्य भगवती तिवारी, माओवादी केन्द्र बारपाक सुलिकोट अध्यक्ष नरबहादुर गुरुङ र बासु पोखरेलको नाम सिफारिस भएको छ । समानुपातीक तर्फ पनि नाम टुङ्गो लगाइएको बताइएको छ तर नाम सार्वजनीक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्