| मङ्लबार, कार्तिक २४, २०८३

स्रोत नखुलेको पचास लाखसहित पक्राउ परेका गोरखाका धावा ग्याल्जेन जेल चलान

स्रोत नखुलेको रकमसहित काठमाडौँमा पक्राउ परेका गोरखाका एक युवालाई अदालतले जेल चलान गरेको छ ।

स्रोत नखुलेको रु ४९ लाख ५० हजार नगदसहित गत साउन १८ गते काठमाडौँबाट पक्राउ परेका गोरखा चुननुब्री गाउँपालिका १ का २४ वर्षका धावा ग्याल्जेनलाई बुधबार अदालतले केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो ।

ग्याल्जेनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ परेका ग्याल्जेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, रु ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र एक थान निलो झोला बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्