| मङ्लबार, कार्तिक २४, २०८३

१५ औँ पुस्तकालय दिवस मनाइयो


पढ्नका लागि कोठा(रुम टु रिड) नामक सामाजिक संस्थाको नेतृत्वमा गोरखाका एकसय भन्दा धेरै विद्यालयहरुमा पुस्तकालय दिवस मनाइएको छ ।

रुम टु रिड र समन्वयकारी संस्था एकीकरण नेपालको सहयोगमा रुम टु रिडका कार्यक्रम लागु भएका गोरखाका एकसय भन्दा धेरै विद्यालयमा पढौँ पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔँ भन्ने नाराका साथ पुस्तकालय दिवस मनाइएको हो ।


सोही अवसरमा सहिदलखन गाउँपालिका वडा नंम्बर ६ स्थित हिमालय मावि बाँसकोटमा १५ औँ पुस्तकालय दिवस मनाइएको छ । हिमालय माविको आयोजना तथा एकीकरण नेपाल र रुम टू रीडको सहयोगमा पुस्तकालय दिवस मनाइएको हो ।

सो कार्यक्रममा पुस्तकालयको महत्वबारेमा छलफल भएको थियो । कार्यक्रममा विद्यालयमा अध्ययन विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर, उपाध्यक्ष इन्दिरा तिवारी, एकीकरण नेपालका हरि देवकोटा, मिलनसिहं बस्नेत, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष लामिछाने, भगवती हिमालय माविका प्रधानाध्यपक कृष्णराज पन्त र सोही विद्यालयका प्रधानाध्यापक सिताराम ढकाललगायतलवे मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्