
गोरखामा अनेरास्ववियू(क्रान्तिकारी)को संगठन सुढृढीकरण अभियान सुरु
अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) गोरखाले तीन महिने संगठन सुदृढीकरण अभियान तथा शैक्षिक जागरण अभियान सुरु गरेको छ ।
नेकपा माओवादीको पार्टी कार्यालयमा शनिबार संगठनका अध्यक्ष विष्णु पाण्डेले अभियानको उद्घाटन गरेका हुन् । संगठनको पूर्ण बैठकले अभियानको सुरुवात गरेको हो ।
तीन महिना सम्म संचालन हुने संगठन सुदृढीकरण एवं शैक्षिक जगत अभियानमा जिल्लाभरिका विद्यार्थीहरुका समस्या, एजेण्डाका बारेमा जानकारी लिने, जनताहरुसँग भेटघाट गर्ने, उनीहरुको समस्या के छ बुझने र समस्या समाधानका लागि पहल गरिने संगठनका नेता सरोजवल्लव भट्टराईले बताए ।
संगठनका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमला नहर्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका केन्द्रको अनुगमन तथा मूल्यांकन आयोगको उपप्रमुख राजन आले, संगठनको केन्द्रको सचिव बाबुराम नेपाली, सुभद्रा खड्का, रामकृष्ण भट्ट लगायतले मन्तव्य राखेका थिए ।




