| मङ्लबार, कार्तिक २४, २०८३

मध्यपहाडी लोकमार्गमा सास्ती, सँधै हिलो र धुलो !

वर्षौँदेखि सडकमा हिलोधुलो खेप्नुपरेपछि मध्यपहाडी लोकमार्ग आसपासका स्थानीय आजित भएका छन् । धादिङहुँदै गोरखाको आरुघाट, भीमसेन थापा, सिरानचोक, पालुङ्टार हुँदै लमजुङ जोड्ने खण्ड भएर यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ । मध्येपहाडी खण्ड गोरखाको दुईवटै निर्वाचन क्षेत्रको मूख्य सडक जोड्ने गरी पर्छन । गाउँ र सदरमुकाम जोड्ने सडकको ठाउँठाउँमा मध्यपहाडी परेपछि सडक झनै हिलो र धुलो भएको गुनासो स्थानीय गर्छन । ‘एम्बुलेन्स बोलाउँदा पनि भनेको बेला आउन सक्दैन’, पालुङटार २ का कृष्णहरि घिमिरेले भने, ‘पैदल हिँड्दा त लडिन्छ कि भन्ने डर हुन्छ, यस्तोमा कसरी गाडी गुड्नु ।’

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यलय पालुङ्टारमा छ । कार्यालयसम्म जाने बाटो नै हिलाम्य भएपछि दैनिक सर्वसाधारण गुनासो गर्न कार्यालयमा पनि पुग्छन् । निर्माण ब्यवशायीले काम नगर्दा कार्यालयले वर्षौँ देखिको समस्या समाधान गर्न सकेको छैन ।
उक्त सडकछेका स्थानीयबासी निलराज आचार्य भन्छन्, ‘बालवालिका र वृद्धवृद्धालाई हिँड्न झनै समस्या छ, घोँडाघोँडासम्म हिलो आउँछ, कहिले चिप्लिएर लडिन्छ, तर पनि बाध्यताले हिँड्नुप¥यो नि ।’

पहिले कालोपत्र भएको सडक थियो । उक्त सडक मध्यपहाडी लोकमार्ग ठूलो, फराकिलो बनाउने भनेपछि भत्काइएको र झनै दुःख भएको उनले बताए । ‘बर्खामा हिलो छ, हिउँदमा घरभरि धुलो बस्न सकिन्न’, उनले भने,‘बाटो देख्दा देशमा सरकार छैन कि जस्तो लाग्छ ।’ पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पालुङटारमा त्यस क्षेत्रका स्थानीय बारम्बार सडक हिलो धुलो भएको गुनासो लिएर आउने गरेको कार्यालयका नायब सुब्बा बमबहादुर रोकायाले बताए । ‘कोहीले फोनबाट र कोही यहीँ आएर गुनासो गर्नुहुन्छ’ उनले भने ।

निर्माण ब्यवशायी सम्पर्कमै छैनन् : मेयर चिन्तन

निर्माण ब्यवशायीलाई काम छिटो गर्न पटक(पटक आयोजना कार्यालयमार्फत खबर पठाउँदा बेवास्ता गरेको पालुङ्टार नगरपालिकाका मेयर विवश चिन्तनले बताए । मध्यपहाडीको पालुङ्टार खण्डका कारण त्यहाँका सर्वसाधारणले धेरै वर्षदेखि सास्ती खेप्नुपरेको छ ।

‘निर्माण ब्यवशायी सम्पर्क भन्दाबाहिर छन्, विधिको शासन भन्दा बाहिर छन्’, नगरप्रमुख चिन्तनले भने ‘हामीले ताकेता लगाउने मात्र हो, आयोजना कार्यालयले पत्र पठाउन पनि ठेकेदार सम्पर्कमा छैनन् ।’ निर्माण ब्यवशायीको कामले जनता वाक्क दिक्क भएको उनले बताए । जनताको गुनासो दिनदिनै आउने गरेको बताउँदै उनले पिडाबोध गरेर बस्नुको बिकल्प नभएको बताए । ‘यो राष्टिूय गौरबको योजना हो, संघीय सरकारको कार्यक्रम हो, हामीले ताकेता लगाउने बाहेक केही गर्न सक्दैनौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्