| सोमवार, कार्तिक २३, २०८३

उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सको संयुक्त बैठक

गोरखा उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सको संयुक्त बैठक बसेको छ । ब्यवशायीक हक, हित र प्रर्वद्धनका लागि संयुक्त रुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा बैठकमा छलफल भएको उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।


ब्यापारी ब्यवशायीको हक हितका लागि काम गर्दै आएका यी दुई संस्थाबिच पहिले पटक संयुक्त बैठक भएको हो । बैठकमा गोरखाका साना, ठुला सबै ब्यवशायीको समस्या समाधान गर्न संयुक्त रुपमा अघि बढ्ने विषयमा छलफल भएको चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए ।


मेला महोत्सवको विषयमा पनि छलफल भएको छ । बजार चलाएमान नभईरहेका बेला मूख्य चाडपर्वको सिजनमा मेला आयोजना गर्दा स्थानीय ब्यवशायीलाई घाटा हुने सहभागीले धारणा राखेका थिए ।

केहीले अफसिजनमा मेला महोत्सव संचालन गर्दा ब्यवशायीलाई सहयोग हुने हुँदा समय छनौटमा ख्याल गर्नुपर्ने बताए । उद्योग बाणिज्य संघले आउँदो पुस महिनामा गोरखा महोत्सव गर्ने घोषणा गरेको छ ।

चेम्बर अफ कमर्सले हरेक दशैँमा गर्दै आएको सस्तो बजार मेला यस वर्ष नगर्ने जनाएको छ । हरमटारी क्लवले भने आउँदो असोजमा मेला गर्ने घोषणा गरेपछि मेला महोत्सवको विषय ब्यापारी संघहरु बिच चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्