
बाबुरामजी र हामी एकठाउँमा उभिनु गोरखाकोलागि विशेष महत्व : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छ वर्षअघि आफ्नै पार्टीबाट फुटेर गएका डाक्टर बाबुराम भट्टराईसँग पुनः एकजुट भएको बताएका छन् ।
नेपाल जेसीजले गोरखामा आयोजना गरेको ‘क्षेत्र ख’ सम्मेलनको उद्घाटन गर्न आएका उनले प्रचण्डले पत्रकारह?सँगको भेटघाटमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई हँसिया हथौडाबाट चुनाव लड्ने कुरा गोरखाका लागि पनि विशेष महत्वको भएको बताए ।
बाबुराम गोरखा २ बाट चुनाव लड्दै हो ? भन्ने प्रश्नमा उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने टुङ्गिएको छैन, जे भएपनि बाबुरामजी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौँ, यो गोरखाको लागि विशेष महत्वको विषय हो ।’
अध्यक्ष दाहालले नेपाल समाजवादी पाटी र नेकपा एकीकृत समाजवादीसित चुनावपछि पार्टी एकता हुने बताए । नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रले निर्णय गरिसकेको प्रसंग जोड्दै अध्यक्ष दाहालले भने, ‘बाबुरामजीसँग एउटै चुनाव चिन्हबाट लड्ने चुनावपछि एकता गर्ने, नेकपा एससँग चुनावअघि संयोजन समिति बनाउँछौँ । पछि एकता हुन्छ ।’
गोरखा जेसीजको आतिथ्यतामा गोरखामा शुक्रवारदेखि सु? भएको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको उद्घाटन गर्न अध्यक्ष दाहाल हेलिकप्टरमा गोरखा आएका थिए । कार्यक्रममा बोल्दै उनले युवाह?को नेतृत्व बिकास र सामाजिक काममा जेसीजको भूमिकाको उनले प्रशंसा गरे ।




