
विप्लव समूहको नेकपाद्वारा प्रजिअलाई ज्ञापन पत्र
गोरखामा नेत्र विक्रम चन्द्र(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटीले गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापन पत्र बुझाइएको छ । विभिन्न माग सहित प्रजिअ मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई ४ बुँदे मागसहितको पत्र बुझाइएको हो ।
पत्रमा २०७७ फागुन २१ गते सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुदेँ सहमतिको कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । तर उक्त सहमतिको बुँदा नम्बर ३ मा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्र्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमती भएको थियो ।
तर हालसम्म पनि जेलमा रहेका नेता, कार्यकर्ताहरुर्ला रिहाई नगरेको उल्टै पार्र्टीका महासचिव बिप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य बिषम लगायतका नेता कार्यकर्ता माथि पक्राउ पुर्जा जारी गरिएको भन्दै कडा आपत्ति जनाइएको छ ।
साउन १६ गते ललितपुर जिल्ला अदालत मार्फत जारी गरिएको पक्राउ पुर्जी नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको ३ बुदेँ सहमतिको बिरुद्धमा भएको भन्दै माग पत्रमा उक्त कार्य निकै खेदजनक, षडयन्त्रमुलक र मुलकलाई जवरजस्ती द्वन्द्वमा धकेल्ने नियोजित मनासय रहेको मागपत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै एमसिसी सम्झौता र एमपिपि परियोजनाको विरुद्ध निरन्तर आन्दोलनमा रहेको र यो परियोजना नेपालको राष्टिूय स्वाधिनता माथिको अमेरिकी सामराज्यबादको सिधै हस्तक्षेप भएको भन्दै उक्त सम्झौता तथा परियोजना खारेजी गर्न पनि नेकपाले माग गरेको छ । त्यस्तै, देशमा चरम मूल्यबृद्धि र भ्रष्टाचारको दलदलमा फँसेको भन्दै चर्काे मूल्यवृद्धिका कारण जनताको जीवन कष्टकर बन्दै गएकाले तत्काल भ्रष्टाचार रोक्न र असिमित रुपमा बढिरहेको मूल्यबृद्धि नियन्त्रण गर्नु पर्ने माग सो पार्टीले गरेको छ ।




