| मङ्लबार, कार्तिक २४, २०८३

मध्यपहाडीको गोरखा खण्ड : कछुवा गतिमा काम

गोरखामा मध्यपहाडी लोकमार्ग अन्तरगत सडक निर्माण सुस्त गतिमा अघि बढेको छ । मध्यपहाडीको गोरखा खण्ड अन्तरगत आरुघाट ओख्ले खण्डमा कालोपत्रे गर्ने कामको अहिले हालसम्म सात पटक म्याद थप भयो । तर काम पूरा भएको छैन । २०७१ पुसदेखि सालमा सम्झौता भएको काम सुरु भएको थियो ।

काम जिम्मा लिएको रसूवा÷इलाइट÷सुर्य जेभीले असार मसान्त सम्म ८५ प्रतिशत मात्रै काम गरेको छ । अन्तिम पटक थपिएको म्याद २०७८ चैत मसान्तमा सकिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यलय पालुङटारका इन्जिनियर गोबिन्द श्रेष्ठले बताए ।

ओख्ले घ्याम्पेशाल निबेल सडक खण्डमा चार पटक सम्म म्याद थप भयो तर काम सकिएको छैन । २०७२ माघदेखि एम.पी.÷एस.सि.एफ.÷इ.सि.सि.जे.भी निर्माण कम्पनीले काम सुरु गरेको सो खण्डमा हालसम्म ६० प्रतिशत मात्र काम भएको छ । चौँथो पटकको म्याद २०७८ चैत्र मसान्त सम्म रहेको भएपनि निर्माण कम्पनीले काम नगर्दा यो खण्ड पनि अलपत्र छ ।

त्यस्तै, पालुङटार चेपे पाउँदी सडकखण्डको हाल सम्म ८५ प्रतिशत मात्र काम सम्पन्न भएको इन्जिनियर श्रेष्ठले बताए । २०७२ बाट काम सुरु गरेको बज्रगुरु÷दि कन्चनजंघा शंकरमाली जेभी हाल सम्म चार पटक म्याद थप हुँदा समेत काम पुरा गर्न सकेन ।

२०७७ सालबाट सुरु भएको निबेल नयाँसाघु मसानेठाँटी सडक खण्डको पनि जम्मा ५२ प्रतिशत काम भएको योजना कार्यालयले जनाएको छ । आशिष÷डि.एस जेभी नामक कम्पनीले ठेक्का लिएको उक्त सडकखण्डको काम २०७९ असार २५ गते सम्म सक्नुपर्ने थियो । एक पटक म्याद थप भईसक्दा अहिले सम्म ५२ प्रतिशत काम सम्पन्न भएको इन्जिनियर श्रेष्ठले बताए ।

२०७७ सालमा हिम्दूङ÷प्यासिफिक जे.भी.ले ठेक्का लिएको मसानेठाँटी पालुङटारको सडक खण्डको जम्मा २२ प्रतिशत भौतिक प्रगति भएको छ । सम्झौता भएका अनुसार गत असार २५ गते काम सम्पन्न गर्नुपर्ने थियो । तर एक पटक म्याद थप भईसक्यो । काम कछुवा गतीमा छ ।
त्यस्तै, कार्यालयबाट अघिल्लो वर्ष दुई वटा पुल निर्माण गरेको छ । जरांग खोलामा २०७४ असार २६ गते सुरु भएको पुल २०७८ मंसिरमा २९ गते पुल निर्माण कार्य सम्पन्न भएको इन्जिनियर गोबिन्द श्रेष्ठले जानकारी दिए । सूर्य÷रविन जे.भीले ठेक्का लिएको उक्त पुल समय अवधिमा सम्पन्न भएको हो ।

त्यस्तै, बोहोर खोलामा निर्माण पुल पनि ९५ प्रतिशत काम सम्पन्न गरेको छ । २०७४ फागुन १९ गतेबाट सुरु गरेको पुल निर्माण कार्य २०७८ चैत्र मसान्त सम्म सक्नुपर्ने थियो । नाना कस्टूक्सन प्रालीले जिम्मा लिएको सो सडकखण्ड तीन पटक सम्म म्याद थप गर्दा बल्ला ९५ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्