| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा विगतमा भन्दा यो वर्ष गाईजात्रा रौनक बढ्यो

गोरखाका नेवार समुदायहरुले धुमधामकासाथ गाईजात्रा पर्व मनाएका छन् । यो वर्ष दिवङ्गत भएका आफन्तको पुुण्यको कामना गर्दै गोरखामा गाईजात्रा पर्व मनाएका हुन् ।

नेवार समुदायको बाहुल्यता रहेको ठाउँमा विगत देखि नै यो पर्व धुमधामले गाईजात्रा पर्व मनाउदै आएका छन् । सँधै पाइला राख्न नसकिने गरी मेला लाग्ने ठूलोआँगन, छिपिटोल लगायतका ठाउँमा उत्कृष्ट टाकटुके नाच प्रदर्शन गरेका थिए । हरमटारी, बसपार्क लगायतका ठाउँमा साना ठूला सबै आ–आफ्नै लयतालमा गाईजात्रा सहभई नाँचगान गरेका थिए । सदरमुकामका सबै टोल–टोलको छुट्टाछुट्टै समूह बनाएर नाँचगान सहित नगरपरिक्रममा गरेका थिए ।

जिल्लाका विभिन्न ठाउँका नेवार समुदायले आफन्त गुमाएकाहरुले घरघरबाट गाई सिङ्गारेर जात्रा निकालेका छन् । परिवारका सदस्य सहित आफन्त छिमेकी सहित जात्रामा सहभागिता जनाएको थिए ।

यसका साथै अन्य नाचगान र रमाईलो समेत भएको थियो ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनमा शोक विह्वल भएकी रानी भुवनलक्ष्मीलाई हाम्रा मात्र सन्तान होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन यो जात्रा मनाउन थालिएको इतिहासमा उल्लेख छ ।

विगतमा दुई÷तीन वर्षमा कोभिड महामारीका कारण खासै रौनक थिएन । तर विगतको तुलनामा यो वर्ष गाईजात्रा रौनक बढेको हो ।

प्रतिक्रिया दिनुहोस्