
औचित्यहीन काममा अन्धधुन्ध लगानी, के मा प्रयोग हुँदैछन् करोडौँका भीमकाय हवेली !
नरहरि सापकोटा
पालुङटार नगरपालिका ७ च्याङ्लीमा करिब १५ करोड लगानीमा तीनवटा ठूला भवन निर्माण भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीले छ रोपनी ११ आना क्षेत्रफल जग्गामा सो भवन निर्माण गरेको हो ।
श्याम सुन्दर निर्माण कम्पनीले निर्माणको अन्तिम चरणमा पु¥याएको सो भवन केमा प्रयोग हुन्छन् भन्नेबारे भने अन्यौल छ ।
‘काम ९० प्रतिशत सकिएको छ, निर्माण अन्तिम चरणमा छ’, सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका सव (इन्जिनियर पुरुषोत्तम पङ्गेनीले भने, ‘करिब एक करोडको मात्रै काम बाँकी छ ।’

निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटक(पटक थप गरेको म्याद आउँदो भदौ मसान्तसम्ममा फेरि समाप्त हुँदै छ । त्यसपछि पनि कम्पनीले थप्न चाहेको खण्डमा खरिद नियमावलीको १२ औँ संशोधनका कारण थप एकवर्ष निर्माण कम्पनीले म्याद पाउने देखिन्छ । निर्माण कम्पनीका प्रतिनिधि वीरेन्द्र बिसुरालले आउँदो दशैँसम्ममा काम सक्ने दावी गरे । ‘सम्झौता भएको २२ महिनामा सक्नुपर्ने थियो, तर कोरोनाका कारण र काम रोकियो, त्यसैले ढिला भएको हो’, उनले भने, ‘दशैँसम्म सबै सक्छौँ ।’ थोरै काम रहेको र अहिले पनि धमाधम काम भइरहेको उनले बताए ।

ठूलाठूला तीनवटा ब्लकमा भवन निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाले सुरु गरेको काम उक्त कार्यालय खारेज भएसँगै संघीय आयोजना कार्यान्वयन इकाईले जिम्मा लिएको हो । विसं २०७४ मा निर्माण सुरु भएको उक्त भवन पूरा गरी निर्माण कम्पनीले २०७६ मा अर्थात २२ महिनाभित्र कार्यालयलाई बुझाउनुपथ्र्यो ।
यसको औचित्यताका बिषयमा स्पष्ट नहुँदा जगको काम सकेपछि राष्टिूय पुनर्निर्माण प्राधिकरणले तत्काल काम रोक्न निर्देशन दिएको थियो । तत्कालीन समयमा २२ महिना काम रोकिएपछि पुन सुरु गर्दा ढिलो भएको दावी निर्माण कम्पनीको छ । उक्त भवन भूमिहिन सुकुम्बासी भूकम्पपीडित ३० घर परिवारलाई राख्ने उद्देश्यले निर्माण भएको थियो । सबै भूकम्प पीडितले राज्यले दिएको तीन लाख अनुदान लिएर र भुमिहिनले थप दुई लाख सहित घर बनाएर बसिसकेपछि भवनको औचित्यतामाथि प्रश्न उठेको थियो ।

पछि निर्माणको कामले गति लियो, तर अब त्यो भवन के मा प्रयोग हुन्छ भन्ने अन्यौलता भने कायमै छ । स्थानीय पूर्णिमा कुमालले घर नजिकै बनेको ठूलो भवनमा अस्पताल कि क्याम्पस भए सहज हुने सुझाव दिइन् । ‘छोराछोरी पढाउन सजिलो हुन्थ्यो, अहिले अन्यत्र पढ्न जाँदा धेरै खर्च लागेको छ’, उनले भनिन्, ‘कि अस्पताल बन्यो भनेपनि उपचारका लागि सजिलो हुन्थ्यो ।’ भूकम्प पीडितकालागि भनेर बनाएको भवन प्रयोग बिहिन हुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ ।
स्थानीय बलबहादुर कुमालले के बनेको भन्ने थाहा नभएको बताए । जेको लागि बनाएको भएपनि अब अस्पताल हुने हो भने उपचारकालागि काठमाण्डौँ, चितवन जाने पैसाले गाउँमै सुविधा हुने तर्क उनले गरे । ‘राज्यले यति धेरै खर्च गरेको छ यो यसै खेर जान त भएन नि !’
निर्माण ब्यवशायी पनि आफैँले बनाउँदै गरेको भवन केकालागि राज्यले प्रयोग गर्छ भन्नेमा अनभिज्ञ छन् । पहिले सुकुम्बासी भूकम्प पीडितलाई राख्ने उद्देश्यले ठेक्का सम्झौता भएको भवन काम सुरु भएपछि डिजाईन परिवर्तन भयो । अहिले खुल्ला कोठाहरु बनाइएको छ । भवन सुविधा सम्पन्न छ । हरेक कोठामा बरण्डा छ । कम्पाउण्ड गरिएको छ । विद्युत, फ्यान, पानीको लाईन सबै जोडिएका छन् । सुविधा सम्पन्न यो भवनको प्रयोगबारे कुनै जानकारी नभएको र आफुले निर्माण सकेर बुझाउने कम्पनीका प्रतिनिधि वीरेन्द्र बिसुवालले बताए ।
निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाई कास्की र उक्त इकाईले पालुङटार नगरपालिकालाई भवन हस्तान्तरण गर्नेछन् । भवन हस्तान्तरण गरेपछि त्यसलाई कुनै न कुनै रुपमा प्रयोग गरिने नगरप्रमुख विवश चिन्तन बताउँछन् ।

‘हामीसँग योजना छ, भवन हस्तान्तरण भएपछि निर्णय गरेर योजना अनुसार के सकिन्छ त्यो गछौँ’, उनले भने । दुई तीनवटा बिकल्पका विषयमा छलफल भईरहेको छ । ‘कृषि क्याम्पस, अस्पताल, बिजनेस कम्प्लेक्स यी मध्ये कुनै रुपमा पनि प्रयोग गर्न सकिन्छ, धेरै बिकल्प छन्’ उनले भने । हस्तान्तरण भएपछि प्रयोगमा ल्याउने गरी अघि बढ्ने उनले बताए । निर्माणको अन्तिम चरणमा रहेको उक्त भवन प्रयोग बिहिन हुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ ।




