| मङ्लबार, कार्तिक २४, २०८३

नेपाल महिला संघ गोरखा नगरसमितीद्वारा स्थापना दिवशमा गुरुकुललाई खाद्यान्न सहयोग

नेपाल महिला संघ गोरखा नगरसमितीले स्थापना दिवशका अवसरमा गोरक्षनाथ वैदिक गुरुकुललाई खाद्धान्न सहयोग गरेको छ ।

महिला संघको ७५ औं स्थापना दिवशका अवसरमा नगरसमितीले गोरखा नगरपालिका ६ को दरबारमार्गमा रहेको सो गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुका लागि खाद्यान्न सामाग्री सहयोग गरिएको हो ।

कार्यक्रममा चामल, ग्यास, बिस्कुट लगायतका सामाग्रीसहित केहि नगद रकम समेत हस्तान्तरण गरिएको संघकी नगरसचिव रञ्जिला श्रेष्ठले जानकारी दिइन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै काँग्रेसका जिल्ला सभापति न्यौपानेले महिलाहरुलाई राजनितिक र सामाजिक क्षेत्रको नेतृत्व तहमा ल्याउन महिला संघको भूमिका महत्वपूर्ण रहेको बताए । साथै उनले महिला संघको स्थापना गरेर मंगलादेवि सिंहले नेपाली राजनीतिमा पुर्याएको योगदानको समेत चर्चा गरेका थिए ।

संघका नगर अध्यक्ष विनाकुमारी श्रेष्ठको अध्यक्षता तथा नेपाली काँग्रेसका गोरखा जिल्ला सभापति नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता भएको कार्यक्रममा काँग्रेसका महासमिति सदस्य राजनराज पन्त, महाधिवेशन प्रतिनिधी एवं नेविसंघ गोरखाका अध्यक्ष सुवास अधिकारी, पार्टीका गोरखा नगरसभापति चन्दनबाबु खत्री लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्