
गोरखा फुजेलकी गंगामाया नौ बर्षदेखि अनसनमा
गण्डकी गाउँपालिका– ३, चमती (साविक फुजेल–७) की गंगामाया अधिकारी बिगत नौ बर्षदेखि अनसनमा छिन् । छोरा कृष्णप्रसाद अधिकारीलाई निर्मम रुपमा सडकमा घिसारेर हत्या गर्नेलाई पहिचान गरी कारबाही गर्न माग गर्दै गंगामाया र उनका श्रीमान नन्दप्रसाद २०७० सालको पुसबाट आमरण अनसन बसेका थिए ।
अनसनकै क्रममा नन्दप्रसादको ६ असोज २०७१ मा मृत्यू भएको थियो । उनको अहिलेसम्म अन्त्यष्टि गरिएको छैन । संगै अनसन बसेका श्रीमानको पनि मृत्यू भएपनि गंगामाया अहिलेसम्म तरल पदार्थ मात्र सेवन गरी अनसनमै छिन् ।
१७ बर्षे कृष्णप्रसाद अधिकारीलाई सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा (माओवादी)ले २०६१ साल जेठको २४ गते चितवनको बकुलहरमा हत्या गरेका थिए । भैरवाश्रम मावि फुजेलबाट एसएलसी(एक्जेम्टेड) दिएर चितवनको जयमंगलामा बस्ने हजुरबुबा, हजूरआमा र काकाको परिवार भेट्न गएका उनलाई बकुलहरमा नियन्त्रणमा लिएर माओवादी कार्यकर्ताले निर्मम हत्या गरेका परिवार स्रोत बताउँछ ।
सुराकीको आरोपमा हत्या गरेको माओवादी केन्द्रले त्यतिबेला स्वीकार गरेको थियो ।
चमती लगायत आसपासका गाउँमा माओवादी नेता, कार्यकर्ता धेरै भए पनि अधिकारी परिवार कांग्रेसका सामान्य समर्थक थिए । कृष्णप्रसादको हत्यापछि उनका दाइ किनभने अधिकारी दम्पत्तिको आन्दोलन हतियार र बल प्रदर्शन गरेर होइन, नैतिकताको आन्दोलन हो । हामी यस्तै फैसला हुनुपर्छ भन्न त सक्दैनौँ, तर न्यायको प्रत्याभूति दिलाएर अनसन तोड्ने पहल गर्नुपर्छ ।’ अहिंसात्मक आन्दोलनबाट माग पूरा हुने रहेछ भनेर सरकारले सकारात्मक सन्देश पनि दिनुपर्ने उनको भनाइ छ ।




