
आइतबार पाँच जना संक्रमित, सक्रिय संक्रमितको संख्या ४० नाघ्यो
गोरखामा आइतबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा दुईजना महिला र एकजना पुरुष, पालुङटार नगरपालिकामा दुईजना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
आइतबार १५ जनाको रिपोर्ट प्राप्त भएमध्य पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए । एन्टिजेन परिक्षणको क्रममा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो । आइतबार आठ जना संक्रमित निको भएको कार्यालले जनाएको छ । गोरखामा हाल चेक गरिएका मध्य ३३ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको उनले बताए ।
योसँगै गोरखामा हालसम्म कोरोनाको संक्रिय संक्रमतिको संख्या ४० पुगेको छ । उनीहरुमध्ये २२ जना निको भइसकेको छन् । हाल गोरखा नगरपालकामा १२ जना, सिरानचोकमा ६ जना, पालुटारमा ७ जना, शहिदलखन, आरुघाटमा पाँच÷पाँच जना, अजिरकोटमा ४ जनजना र भीमसेन थापामा एक जना कोरोनाको सक्रिय संक्रमित रहेको उनले जानकारी दिए ।




