
गोरखा संक्रिय संक्रमितको संख्या ४३ पुग्यो
गोरखामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अहिले ४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
सबैभन्दा धेरै गोरखा नगरपालिकामा १२ जना संक्रिय संक्रमित पहिचान भएका छन् ।
पालुङटार नगरपालिकामा आठ जना, सिरानचोक र आरुघाटमा छ÷छ जना, शहीदलखनमा पाँच जना,अजिरकोटमा चार जना, भिमसेन थापामा दुई जनालाई संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा उनीहरुलाई कोरोना पुष्टि भएको हो ।
यी मध्ये १ जना कोभिड अस्पतालका उपचाररत छन् भने अन्य होम आइशोलेसनमा छन् । यो साउन १ गते यताको तथ्याङ्क हो । अन्य १४ जनालाई भने निको भईसकेको स्वास्थ्य कार्यालयका नारायणबाबु अर्यालले बताए । गण्डकी, बारपाक सुलिकोट, धार्चे र चुमनुब्री गाउँपालिकामा भने संक्रिय संक्रमित छैनन् ।




