| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा सहित गण्डकी प्रदेशभर आइतबार यातायात सेवा बन्द गर्ने कार्यक्रम फिर्ता

गण्डकी प्रदेशभर आइतबार यातायात सेवा बन्द नहुने भएको छ । सरकारले कर बढाएको बिरोधमा गण्डकी प्रदेशभर आईतवारदेखि यातायात सेवा बन्द निर्णय गरेको थियो । यातायात व्यवसायीहरुको माग पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएसँगै आइतबार प्रदेशभरी यातायात सेवा बन्द गर्ने निर्णय फिर्ता लिएको दरौँदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले बताए । योसँगै गोरखा भएर अन्यत्र जाने र गोरखा भित्रने कुनैपनि सवारी साधन नरोकिने उनले बताए । गण्डकी प्रदेश सरकारले सवारी साधन नबिकरणमा दुईसय प्रतिशत जरिवाना बढाएको भन्दै ब्यवशायीले उक्त निर्णय फिर्ता लिन माग गर्दै बिरोध जनाएका थिए । यस अघि गोरखामा पनि जिल्लाबाट छुट्ने र गोरखा भित्रने सबै गाडी बन्द हुने, काउन्टरहरु पनि बन्द गर्ने चेतावनी दिएका थिए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी कर विरुद्ध कडा आन्दोलन शुरु गरेको हो । आन्दोलन स्वरुप महासंघले प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको थियो । यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै समितिले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको थियो ।
महासंघले विज्ञप्तिमार्फत सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप पनि लगाएको छ । कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको महासंघका गण्डकी प्रदेश संयोजक केदार पौड्यालले बताए । नोट : यातायात व्यावसायिहरुले आइतबार बन्द गर्ने कार्यक्रम फिर्ता लिएसङै सामाचार सच्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्