
गोरखामा नयाँ नागरिकता बनाउने भन्दा प्रतिलिपि लिने धेरै
गोरखामा नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा १६ हजार ४७ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।
१२ हजार ८६ जनाले वंशजको आधारमा नागरिकता लिएका छन भने आठ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको मात्र रहेको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत काजीमान सुनारले बताए ।
आ.ब. २०७८÷०७९ मा तीन सय २४ नावालक परिचय पत्र वितरण गरिएको छ भने आठसय २० वटा पेन्सन सम्बन्धी कागजात प्रमाणति गरिएको र दुई हजार एक सय ९७ वटा जनजाति÷दलित÷मुस्लिम प्रमाणित काड वितरण गरिएको उनले जानकारी दिए ।
सोहि वर्ष दश हजार नौ सय ५८ जना पुरुष र छ हजार तीन सय ८० जना महिला गरी कुल १७ हजार तीन सय ३८ जनाले राष्टिूय परिचय पत्रको फर्म भरेको उनले बताए । छ हजार चार सय १७ जनाले गोरखाबाट राहदानी (पासपोर्ट) का लागि फर्म भरेका मध्य तीन हजार आठ सय ८५ जनालाई एमआरपी राहदानी वितरण गरिएको छ भने तीन हजार एक सय जनाले ई(पासपोर्ट लिएका छन् ।
सात वटा विष्फोटक पदार्थ अनुमति दिएको र अनुमति नविकरण गरिएको छ । ६३ वटा ठाडो उजुरी दर्ता भएको र ति सबै फर्छौट भएको पनि प्रशासकिय अधिकृत सुनारले बताए ।




