| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाको यारुबगरमा ढुंगा लागेर घाइते पुलसिङलाई हेलिकोप्टरबाट उद्दार

धार्चे १ यारुबगरमा पहिरोमा परी खच्चड धनी घाइते भएका छन् । चुमनुब्री गाउँपालिका ३ फिलिममा खाद्यान्न पु¥याई फर्केका धार्चे ७ भीरकुनाका ३७ बर्षीय पुलसिङ गुरुङ घाइते भएका हुन् ।

बिहान १० बजेतिर खच्चडसित यारुबगरमा हिँडिरहँदा माथिबाट खसेको पहिरोमा खसेका ढुंगा लागेर टाउकोमा गम्भीर चोट लागेको नेपाली सेनाको सडक निर्माण कार्यदलका क्याप्टेन श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । साथै उनको हात र खुट्टामासमेत गम्भीर चोट लागेको उनले बताए ।

ढुंगा लागेर गम्भीर घाइते भएका उनलाई चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाको समन्वयमा तत्काल हेलिकोप्टर बोलाएर उद्धार गरी काठमाडौँ शिक्षण अस्पताल पु¥याइएको चुमनुब्री ३ जगतका विशाल हिमाली घलेले जानकारी दिए । घाइतेलाई स्याहार सम्भार गर्न साथीको रुपमा स्थानीय दुई जनालाई पठाइएको पनि उनले बताए ।

फिलिममा खाद्यान्न सामाग्री पु¥याएर खच्चड लिएर तल झर्दै गर्दा क्यान्टिलिभर पुल नजिककै माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते भएको घलेले बताए । सडक निर्माणमा खटिएका नेपाली सेनाको टोली घटना देखेपछि उद्धार गर्न स्थानीयहरुलाई आग्रह गरेका थिए ।

यातायात सेवाको पहुँच नपुगेका कारण दुर्गम चुमनुब्री र धार्चे गाउँपालिकाका गम्भीर बिरामी वा घाइतेलाई महंगो भाडा तिरी हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्