| मङ्लबार, कार्तिक २४, २०८३

चुनाव घोषणासँगै गोरखामा मतदाता नामावली संकलन रोकियो

सरकारले प्रदेश र संघको चुनाव मंसिर ४ गते गर्ने घोषणा गरेसँगै गोरखामा मतदाता नामावली संकलनको काम रोकिएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय सिर्दिबासमा भईरहेको मतदाता नामावली संकलन रोकिएको हो ।

‘मतदाता नामावली संकलन बिहिवारबाट गोरखाको हाल संकलन भईरहेको तीनवटै ठाउँमा रोकिन्छ’ निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर कोईरालाले भने ।

निर्वाचन कार्यालयले २०७८ चैत १३ गते प्रकाशित गरेको बिवरण अनुसार गोरखामा एक लाख आठ हजार दुई ६० जना पुरुष र एक लाख १० हजार तीन सय तीन महिला गरी दुई लाख १८ हजार पाँच सय ६३ मतदाता रहेका छन् ।

असार र साउन महिनामा अन्य जिल्ला घर भई गोरखामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ३३ रहेको छ । निर्वाचन कार्यालयमा ११ सय ६९ जनाले नामावली दर्ता गराए ।

जिल्ला प्रशासन कार्यालयमा १४ सय ८९ जना र चुमनुब्री गाउँपालिकामा ८० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्