| मङ्लबार, कार्तिक २४, २०८३

दशकिलोमा पक्कीपुल : पारि छैन सडक

गोरखा र सिरानचोक जोड्ने गरी बनाइएको पक्की पुलको दयाँबायाँ सडक नभएको विषयको चर्चा भईरहँदा गोरखा नगरपालिका र पालुङटार जोड्ने अर्को पुलको पनि दुबै तर्फ सडक निकास नभएको भेटिएको छ ।

गोरखा नगरपालिका १२ र पालुङटार नगरपालिका ९ जोड्ने गरी निर्माण भएको पक्की पुलमा पनि सडक जोडिएको छैन । पालुङटारतर्फ छ सय मिटर सडक खोल्न बाँकी छ । त्यो पुलको दशकिलोतर्फ पक्की सडक भने पालुङटारतर्फ रोपो हरियो भईसेको छ ।
गोनपा र सिरानचोक जोड्ने गरी सडक नै नभएको ठाउँमा पुल निर्माण भएको भन्दै स्थानीय आश्चर्य मान्छन् । पुल निर्माणका क्रममा दशकिलो तर्फबाट निर्माण सामग्री ढुवानी गरेर काम गरिएको निर्माण कम्पनीले जनाएको छ ।

छ सय मिटर बाटो खेत मासेर ल्याउन स्थानीय राजी छैनन् । बाटो ल्याउने भए मुआब्जा उपलब्ध गराउनुपर्ने माग स्थानीयको छ । बाटोको योजना बिना साँढे चार करोडको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बिर्दीबाट आएको सडक पुल हुँदै दशकिलो जोड्ने योजना रहेको पूर्वाधार बिकास कार्यालयका प्रमुख ओमराज ढुङ्गाना बताउँछन् ।

त्यो पुल ८० मिटर लम्बाईको हो । ‘किसानको सिम खेत छ, त्यहाँ बाटो ल्याउने विषयमा सहमती भएको छैन, पुल निर्माणको काम भने करिब ९० प्रतिशत सकियो’ उनले भने ‘केही थप कामको लागि मन्त्रालयमा पत्राचार गरेका छौँ ।’

यो पुल निर्माणको जिम्मा ईलाईट एड्भेन्चर धनथान जेभीले लिएको हो । २०७३÷७४ देखि सुरु भएको पुल निर्माण स्टेमेट बदल्नु परेपछि दुई वर्ष ढिला गरी सुरु भएको थियो । पुल निर्माण अन्तिम चरणमा रहेको कम्पनीलका संचालक प्रकाशराज पौडेलले बताए । ८० मिटर लम्बाईको उक्त पुलले पालुङटार तर्फ पुरै खोला पार गरेको छैन । खोला भन्दा पुल छोटो देखिन्छ । ‘दुबैतर्फ बाटो खुलेको भए सजिलो हुन्थ्यो, एकतर्फ बाटो नै छैन’ उनले भने ।

पुल निर्माण अन्तिम चरणमा छ । पुल बनेपछि पनि सडक नहुँदा प्रयोग बिहिन हुने खतरा बढेको छ । पक्की पुल सँगै झोलुङले पुल पनि भएकाले त्यहाँबाट मानिस आउजाउ गर्दै आएका छन् । पक्की पुलमा सडक नजोडिँदा प्रयोगबिहिन हुने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्