
सिरानचोकमा अमरसिंह थापाको शालिक अनावरण
गोरखामा राष्टिूय विभूति अमरसिँह थापाको शालिक अनावरण गरिएको छ ।
२०६ औँ जन्मजयन्तीको अवसर पारेर उनको जन्मस्थान मानिएको सिरानचोक गाउँपालिका वडा नं ६ गाँखुमा सोमबार एक समारोह आयोजना गरी सालिक अनावरण गरिएको स्थानीय नारायण दानीले जानकारी दिए ।
सोही कार्यक्रममा राष्टिूय विभूति अमरसिंह थापा र उनका पिता उमराव बाघ भीमसिंह थापाको पनि शालिक पनि अनावरण गरिएको छ । गोरखा अमरसिंह नगर पर्यटन समितिले अमरसिँह थापाको २०६ औँ जन्मजयन्ती समारोह आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले राष्टिूय विभूति अमरसिंह थापाले नेपाल राष्ट्र एकीकरण गर्न, विखण्डनबाट रोक्न महत्वपुर्ण भूमिका खेलेको बताए । आधुनिक नेपाल निर्माणका लागि पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म सीमा र्पुयाउन नेपाली वीरवीरंगनाहरूको अथक प्रयास र योगदानले सम्भव भएकाले उनीहरु सम्मान गर्नु सबैको दायिव्य र कर्तव्य भएका बताएका थिए । पालिकाकबाट विनियोजित बजेटबाट अमरसिंह पार्क निर्माण गरिएको हो ।
गोरखा अमरसिंह नगर पर्यटन समितिका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षता तथा गाउँपालिका प्रमुख ज्ञानेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका उपप्रमुख रिता देवकोटा, वडा नं ६ का वडा अध्यक्ष प्रेम वस्ती, निवर्तमान वडा अध्यक्ष नारायणबाबु दानी, गोरखा अमरसिंह नगर पयटन कार्य समितिका वरिष्ठ उपाध्यक्ष खम बहादुर राना, सन्सरी मावि विद्यालयको तफ रामकाजी श्रेष्ठ लगायत राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।




