
राष्ट्रिय परिचयपत्र दर्ता अभियान गोरखा नगरपालिकाबाट सुरु
गोरखामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु भएको छ । गोरखा नगरपालिकाको १४ वटा वडाबाट दर्ता अभियान सुरु गरिएको हो ।
एकै पटक दुई वटा पालिकाबाट अभियान सुरु गर्ने तयारी भएता पनि जनशक्ति र आवश्यक सामग्री अपुग भएका कारण एक पालिकाबाट मात्र अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । शनिबारबाट गोरखा नगरपालिकाका १४ वटै वडामा दर्ता अभियान सुरु भएको उनले जानकारी दिए । नगरपालिकाको केही वडामा शुक्रबारबाट नै परिचय पत्र दर्ता अभियान सुरु भएको र शनिबारबाट सबै वडामा दर्ता अभियान सुरु भएको उनले बताए ।

गोरखा नगरपालिका भित्रका १४ वटा वडामध्य प्रत्येक वडामा दुई÷दुई वटा स्टेशन राखेर परिचयपत्र दर्ता कार्य संचालन भइरहेको राष्टिूय परिचयपत्र तथा पञ्जीकरण विभाग गोरखा जिल्लाका सुपरभाइजर विनिता ढुङ्गेलले बताइन् । ३० वटा स्टेशन जडान गरेको तर दुई वटामा प्राविधिक कारण संचालन हुने नसकेको र २८ वटा स्टेशनबाट दर्ता अभियान संचालन भइरहेको उनले जानकारी दिइन् । प्रत्येक वडामा १० दिनसम्म दर्ता अभियान संचालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ । विभागबाट ४२ वटा मेसिन ल्याएको भएता पनि ३० स्टेशनको उपकरण मात्र राम्रो अबस्थामा रहेको र बाँकी सामान विग्रिएकाले संचालन गर्न नसकिएको उनले जानकारी दिइन् । विग्रिएका सामाग्री मर्मत संभारका लागि विभागलाई पत्रचार गरिसकेको उनले बताइन् ।
सो अभियान गोरखा नगरपालिकाभित्र सम्पन्न भइसकेपछि मात्र अन्य पालिकामा विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ ।
त्यस्तै, हरेक वडामा विभागबाट खटिएको दुईजना अपरेटर, रुजु गर्ने अधिकारीका रुपमा वडा सचिव र एक जना दर्ता सहयोगी रहने राष्टिूय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । हाल ‘अनलाइन’ र ‘अफलाइन’ गरी दुई तरिकाले परिचयपत्रको दर्ता गर्ने अभियान संचालन भइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा ‘अनलाइन’ बाट र प्रत्येक वडामा संचालन हुने अभियान अफलाइन मार्पmत फर्म भरिने छन् । वडागत रुपमा संकलन गरेको ‘डाटा’ जिल्ला प्रशासन कार्यालयमा टूान्सफर गरेर मात्र वेवसाइटमा देखाउँछ ।
त्यसैले राहदानी(पासपोर्ट) बनाउन तथा विभिन्न कामका लागि तत्काल राष्टिूय परिचय पत्र दर्ता नंबर चाहिनेहरुका लागि जिल्ला प्रशासन कार्यालयमै आएर फर्म भरेर फोटो खिच्न समेत उनले आग्रह गरे ।
अहिलेसम्म ३६ वटा जिल्लामा अभियान सम्पन्न भइसकेको छ भने १० वटा जिल्लामा अभियान चलिरहेको छ । गोरखा, बाग्लुङ र दार्चुलामा यो अभियान सुरु भएको विभागले जनाएको छ । टोली करिब तीन महिना गोरखामा रहने बताउँदै यहाँका कम्तिमा ७० प्रतिशत जनसंख्यालाई राष्टिूय परिचय पत्रमा आबद्ध गराउने विभागको लक्ष्य रहेको छ ।




