
कार्यसम्पादनमा गोरखा जिल्ला अदालत प्रदेशकै उत्कृष्ट
गोरखा जिल्ला अदालत कार्य सम्पादनमा गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । कार्य सम्पादनका आधारमा ११ जिल्ला मध्ये गोरखा उत्कृष्ट भएको भन्दै जिल्ला न्यायाधीश दिनबन्धु बरालले बताए ।
उत्कृष्ठ भएबापत जिल्ला न्यायधीश बराललाई उच्च अदालतका मूख्य न्यायाधीश डिल्लीराम आचार्यले प्रशंसा पत्रद्वारा सम्मान गरेका छन् ।
फैसला कार्यान्वयन, मुद्दान फस्र्योट, स्थानीय निकायको निरीक्षण, १८ महिना नाघेका मुद्दा बाँकी नहुनु, बालवालिका सम्बन्धी मुद्दा बाँकी नहुनु, अदालतको कार्य सम्पादनका बिभिन्न सूचकका आधारमा भएको मूल्याङ्नमा गोरखा जिल्ला अदालत उत्कृष्ट भएको हो ।
गत आर्थिक वर्ष फैसला कार्यान्वयनमा गोरखा जिल्ला अदालत गण्डकी प्रदेश भित्रका अदालत मध्ये पहिलो भएको छ । मुद्दा फस्र्यौटमा भने गोरखा अदालत तेस्रो रह्यो ।




